सेयर बजारमा दोहोरो अंकको वृद्धि



काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १४.३७ अंकले वृद्धि भएको छ । योसँगै नेपाल स्टक एक्स्चेन्ज परिसूचक २२२३.५७ अंकमा उक्लिएको छ ।

२२४३ अंकसम्म उक्लिएको बजार बन्द हुने समयमा केही घटेको थियो । बुधबार दिनभर २२६ कम्पनीका एक अर्ब ४ करोड रुपैयाँ बराबरको २४ लाख ९४ हजार कित्ता सयेर कारोबार भयो ।

बुधबार सेयर बजारमा सबै उपसमूहरुका परिसूचक वृद्धि देखिएका छन् । बैंकिङ समूह ८ अंकले बढेको छ भने व्यापार समूह २९.३१ अंकले वृद्धि भएको छ ।

होटल, विकास बैंक, जलविद्युत, वित्त, जीवन बिमा, निर्जीवन बिमा, जलविद्युत्, उत्पादमूक, लघुवित्त, म्युचुअल फन्ट, लगानी र अन्य समूहका परिसूचक हरिया रहे ।

बुधबार बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् आयोजना, सिंगटी हाइड्रोपावर, गुराँस लघुवित्त, नेपाल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।

कर्पोरट डेभलपमेन्ट बैंक, लक्ष्मी लघुवित्त, समृद्धि फाइनान्स, मार्दी हाइड्रो र प्रभु लाइफ इन्सुरेन्सका लगानीकर्ताले धेरै मूल्य गुमाए ।

सम्बन्धित समाचार