संखुवासभाआएर नेविसंघ अध्यक्ष शेर्पाले भने—‘युवाहरु स्वरोजगारमा ध्यान दिऔं’



संखुवासभा । नेविसंघ केन्द्रीय अध्यक्ष डुजाङ शेर्पाले युवाहरुलाई नेपालमै रोजगारको सृजना गर्नुपर्ने बताएका छन् । आइतबार संखुवासभाको खाँदबारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपाल विद्याथीं संघ बरुण क्याम्पस खाँदबारीले आयोजना गरेको कार्यक्रममा आएका शेर्पाले वर्तमान राजनितिमा युवाहरुको आकर्षण बढ्दै गएकाले अग्रजको सम्मान र युवाको जोस जाँगर र बिचार समेटेर अघि बढ्न सकेमात्र देशको बिकास र संबृद्धि संभव हुने धारणा राखे ।

नेपाली काँग्रेसका जिल्ला नेताहरु पुर्व जिल्ला सभापति तथा महासमिति सदस्य दिपन कुमार श्रेष्ठ, चित्ररेखा अधिकारी, मुक्तिसिंह राई, नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ्ग बस्नेत, महिला नेत्री उषा कार्की, जिल्ला सचिव टकमान घले लगायतले वर्तमान राजनितिमा युवाको भुमिकाको बिषयमा प्रकास पारेका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथी नेपाली काँग्रेसका बागमती प्रदेश सदस्य कुमार दुलालले हरेक राजनितिक परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण र निर्णायक हुने भएकाले युवालाई आदर्श राजनिति तर्फ उन्मुख गर्नूपर्ने आवश्यकता रहेकोमा जोड दिए ।

नेपाल विद्यार्थी संघ बरुण वहुमुखी क्याम्पस ईकाई समितिको आयोजनामा बहस कार्यक्रमको आयोजना गरिएको हो । नेपाल विद्यार्थी संघ बरुण वहुमुखी क्याम्पस ईकाई खाँदबारीका सभापति चिरन्जीवी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नेपाल बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष डुजाङ्ग सेर्पा प्रमुख अतिथी रहृका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस संखुवासभाका महाधिवेशन प्रतिनिधी उषा कार्कीले युवा भनेको भोलीका कर्णधार भएको धारणा राखिन् । उनले काँग्रेसको राजनितीमा विद्यार्थी नेताहरुको भबिष्य उज्जवल रहेकाले जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरिन् ।

त्यसैगरि नेपाली काँग्रेस संखुवासभाका महाधिवेशन प्रतिनिधीहरु चित्ररेखा अधिकारी र निरु बस्नेतले राजनितिमा युवाको बढ्दो आकर्षणलाई अग्रज नेताहरुले सम्मान गर्नूपर्नेमा जोड दिएका थिए ।

नेपाल बिद्यार्थी संघ ईकाई समिति बरुण बहुमुखि क्याम्पसका सचिव सरोज गदालले संचालन गरेको कार्यक्रममा समापन मन्तब्य राख्दै कार्यक्रमका सभापति तथा नेपाल विद्यार्थी संघ बरुण वहुमुखी क्याम्पस ईकाई खाँदबारीका सभापति चिरन्जीवी श्रेष्ठले युवाहरुको जोस जाँगरलाई मध्यनजर गर्दै राजनितिक क्षमता अभिबृद्धिमा जोड दिन आवश्यक भएको बताएका थिए ।

सम्बन्धित समाचार