टुहुरी छोरीकाे कथामा आधारित गीत ‘म टुहुरी’ सार्वजनिक



इटहरी । रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुरो बनेका छोरा छारीको कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ ।

उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईको अभिनय रहेको छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र वसन्त बस्नेतले गरेका हुन् । गीतको भिडियो इटहरी ३ स्थित खोर्साने खाप आसपासका क्षेत्रहरूमा छायाङ्कन गरिएको हो ।

 

 

सम्बन्धित समाचार