पुर्व स्वास्थ्य राज्यमन्त्री गुरुङले भनेः डायलाईसिस सेवा सुरु गरौं, श्रोतको खोजी म गर्छु (भिडियाे सहित)



संखुवासभा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले जिल्ला अस्पताल संखुवासभाको अनुगमन गरेका छन् । विहिबार विहान अस्पताल पुगेका राज्यमन्त्री गुरुङले अस्पतालको अवस्था बारे जनकारी लिएका थिए ।

आफु मन्त्री बनेको समयमा १५ देखि ५० शैयामा स्तरउन्नती गरेको अस्पतालको सेवा प्रवाह तथा भौतिक अवस्था बारे जानकारी लिए । जिल्ला समन्वय प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले अस्पतालको सेवा प्रवाहको अवस्था, समस्या र आवश्यकताका बारेमा जानकारी गराए । अस्पतालमा भौतिक संरचनाको रुपमा बन्दै गरेको भवनको पूर्णता, सेवा प्रवाहमा चुस्तता, स्वास्थय सामाग्रीको उपलब्धताबारे जानकारी लिँदै उनले अपुग सामाग्री जुटाउन पहल गर्ने बताएका छन् ।

अस्पताल समितिसँग कुरा गर्दै जिल्लामा नै डायलसिसको सेवा उपलब्ध गराउन आवश्यक रहेको बताए । डायलाईसिसको सेवा लिन अहिलेपछि टाढाको अस्पताल जानु पर्ने बाध्यता रहेकोले सो बाध्यता हटाउन जिल्ला अस्पतालमा नै सेवा सुचारु गर्न आवश्यक रहेको बताए । त्यसको लागि अस्पतालले ठाउँको ब्यवस्थापन गर्नु पर्ने र स्वास्थ्यकर्मीलाई तालिमको ब्यवस्था गर्नु पर्ने गुरुङले बताए । डायलाईसिस सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरण तथा बजेटको लागि विभागमा कुरा गरिसकेको समेत पुर्वमन्त्री गुरुङले जानकारी दिए ।

पछिल्लो समय अस्पतालमा देखिने सुधार भएको भएपनि अझै नागरिकहरुको गुनासो रहेको गुरुङले जानकारी गराए । अस्पतालबाट दिईने सेवाहरु नागरिकमुखी बनाउन समेत गुरुङलु सुझाव दिएका छन् ।

youtube.com/watch?v=wSnX0B2Wbrs&t=1025s

सम्बन्धित समाचार