डेंगु जोखिम : मृतकको संख्या २९ पुग्यो, २२९८८ मा संक्रमण



काठमाडौं । हालसम्म डेंगु संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार डेंगु देखिएका २९ जनाको मृत्यु भएको हो।

२०७९ साउनदेखि हालसम्म २२ हजार ९८८ जना डेंगुको संक्रमण भएको छ। जसअन्तर्गत् प्रदेश १ मा ५९१, मधेश प्रदेशमा ३२३, बागमती प्रदेशमा १७ हजार ७३१, गण्डकी प्रदेशमा ५१५, लुम्बिनी प्रदेशमा २८ सय २१, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले डेंगु रोकथामका लागि लार्भा खोज  र नष्ट गरु अभियानलाई तीव्रता दिएको बताएको छ। नेपालमा पहिलोपटक २०६१ सालमा डेंगु देखिएको थियो।

डेंगु भाइरस एडिसु जातको लामखुट्टेले सार्ने गर्छ। यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ। वर्षात् सुरु भएपछि यो लामखुट्टे अत्यधिक सक्रिय बन्ने चिकित्सकहरुको भनाइ छ।

लामखुट्टेले टोकेको एक साताभित्र यो रोगका लक्षण देखापर्ने चिकित्सक बताउँछन्। डेंगुलाई डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु सक सिन्ड्रोम गरी तीन भागमा बाँड्न सकिन्छ।

डेंगु हेमोरेजिक ज्वरो अलि कडा हुन्छ। डेंगु सक सिन्ड्रोम भएको व्यक्तिलाई हेमोरेजिक ज्वरोका साथै बेहोस हुने लक्षण देखिन्छ।

डेंगु फैलाउने लामखुट्टेको आफ्नै विशेषता छ। सफा र स्थिर पानीमा वासस्थान हुन्छ। अन्य लामखुट्टे फोहरमा बसे पनि एडेस एजेप्टी र एडेस एल्बोपिक्टससवारी साधनका पांग्रा, गमला, एयर कन्डिसनर, कुलरमा जम्मा भएको पानीमा बस्ने गर्छ।

डेंगु संक्रमण भएको ४ देखि १० दिनसम्म लक्षणहरू देखा पर्ने गर्छ। उच्च ज्वरो आउनु, आँखाको गेडी खस्लाजस्तो हुनु, वाकवाकी लाग्ने तथा बान्ता हुनु, पखाला वा पातलो दिसा हुनु, खानामा अरुचि देखिनु यसका प्रमुख लक्षण हुन्।

सम्बन्धित समाचार