प्रभु बैंकले घोषणा गर्‍यो लाभांश, बोनस कति?



प्रभु बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो।

हाल कम्पनीको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १७५ रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। कम्पनीले गत वर्ष १२ प्रतिशत बोनस सेयर र ०।६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा बैंकले लाभांश दर घटाएको हो।

 

सम्बन्धित समाचार