पोर्चुगलमा चलचित्र ‘जारी’ प्रदर्शन



आईतबार चलचित्र ‘जारी’ हेर्दै गरेका दर्शकहरु ।

लिस्वन । नेपाली सिनेमा जगतमा तहल्का मच्चाइरहेको चलचित्र ‘जारी’ पोर्चुगलको लिस्बनमा प्रदर्शन शुरु भएको छ । सिनेमा आइडियल हलमा आइतबारबाट प्रदर्शनी शुरु भएको उक्त चलचित्र पोर्चुगलमा मनोरञ्जनात्मक कार्यक्रमहरुको व्यवस्थापन गर्दै आइरहेको नेप्स इन्टरटेन्मेन्टले लिस्बनमा प्रदर्शनमा ल्याएको हो ।

लिम्बू समुदायको सँस्कृतिमा आधारित उक्त चलचित्रमा जारी प्रथाको सेरोफेरोमा कथावस्तु बनाइएको छ । नेप्स इन्टरटेन्मेन्टका समिर गुरुङले भव्य रुपमा प्रदर्शन शुरु भएको ‘जारी’को आइतबार र सोमबारका लागि टिकट अग्रिम बिक्री भइसकेको जनाएको छ । गुरुङले मंगलबार र बुधबारका लागि समेत सिमित टिकट मात्र बाँकी रहेको जानकारी दिए । उक्त चलचित्र मे २७ मा पोर्चुगलको फारोमा पनि प्रदर्शन हुनेछ ।

बाँसुरी फिल्म्सको प्रस्तुति रहेको चलचित्र ‘जारी’मा दयाहाङ राई, मिरुना मगर, प्रेम सुब्बा, विजय बराल, कमलमणि नेपाल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, अनिल सुब्बा, पुष्कर गुरुङ, उपासना नेम्वाङ लगायतका कलाकारहरुको अभिनय छ । ‘जारी’को लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन् ।

सम्बन्धित समाचार