तीन सर्त पुरा गरे मात्र स्नाेफल हाईड्राेपावरलाई सम्भाव्यता अध्ययन गर्न दिईने



खाँदबारी । स्नाेफल हाईड्राेपावर प्रालिले निर्माण गर्न लागेकाे भाेटखाेला गाउँपालिका ३ मा रहेकाे तेजाे थाेगाम जलविद्युत आयाेजनालाई ३ सर्त पुरा गरे मात्र सम्भाब्यता तथा वातावरणीय प्रभाव मुल्याङकन गर्न दिईने स्थानीय बन उपभाेक्ता समुहले निर्णय गरेकाे छ ।

४० मेगावाट क्षमताकाे उक्त आयाेजनाकाे अध्ययनकाे लागि विद्युत उत्पादक कम्पनीले स्थानीय पाेपटी भञ्ज्याङ मध्यवर्ती सामुदायिक बन उपभाेक्ता समितिसँग सिफारिम माग गरेकाे थियाे । उक्त सिफारिसकाे बारेमा उपभाेक्ताहरुकाे बैठकले ३ सर्त राखेर विद्युत उत्पादक कम्पनी स्नाेफललाई परिपत्र गरेकाे छ ।

बन उपभाेक्ता समितिबाट सिफारिस लिनु पुर्व उत्पादक कम्पनीकाे प्रतिनिधी स्थानीय स्तरमा नै उपस्थित भएर सवै उपभाेक्ताहरुकाे राय संकलन तथा सुझाव लिनु पर्ने, आयाेजनाले वातावरणलाई पुर्याउने प्रभाव बारे जानकारी दिनुभ पर्ने र स्थानीयसँग साझेदारीमा कार्यक्रम ल्याउनु पर्ने सर्त राखेका हुन् । याे शर्त पुरा गरेपछि मात्र बनकाे तर्फबाट सिफारिस दिने वा नदिने निर्णय गरिने बन उपभाेक्ता समितिले जनाएकाे छ ।

उपभाेक्ता समितिकाे अनुसार उक्त निर्णयकाे बारेमा आयाेजना प्रवर्धक कम्पनी स्नाेफल हाईड्राेपावर प्रा.लि. लाई पत्राचार समेत गरिसकिएकाे छ ।

सम्बन्धित समाचार