भदाै १६ बाट सङ्खुवासभा आईडल हुदै, विजेताले के के पाउछ ? (भिडियाे सहित)



खाँदबारी । सङ्खुवासभामा दश बर्ष पछि सङ्खुवासभा आईडल सञ्चालन हुने भएकाे छ । अरुण भ्याली ईभेन्ट मेनेजमेन्ट प्रालीले सङ्खुवासभा आईडलकाे तेश्राे संस्करण ल्याउने भएकाे हाे ।

प्रतियाेगिता खुल्ला रहने आयाेजकले जनाएकाे छ । भदाैकाे १६ गतेबाट अडिसन सुरु हुने आयाेजक अरुण भ्याली ईभेन्ट मेनेजमेन्ट प्रालीका अध्यक्ष देबेन्द्र घिमिरेले जानकारी दिनुभयाे ।  सङ्खुवासभाका ९ भाेजपुरका २ र ईटहरी, गाईघाट र विर्तामाेड गरि १४ स्थानबाट अडिसन अडिशन लिईने अध्यक्ष घिमिरेले जानकारी दिनुभयाे ।

प्रतियाेगिताकाे पहिलाे चरणमा उत्कृष्ठ १०० प्रतिष्पर्धीहरु छनाैट गरिने प्रतियाेगिताकाे संयाेजक बीरबहादुर लिम्बुले जानकारी दिनुभयाे । त्यस पश्चात उत्कृष्ठ ५०, ३०, २०, १५, १२, ५ र ३ जनाकाे दरले छनाैट हुँदै आउने लिम्बुले जानकारी दिनुभयाे । उत्कृष्ठ ३ बाट विजेता घाेषणा गरिनेछ । उत्कृष्ठ २० बाट भाेटिङ राउण्ड सुरु हुने लिम्बुले बताउनुभयाे । यस पटक निर्णायक र भाेटिङकाे ५०/५० प्रतिशत अंकभार रहने बताईएकाे छ ।

प्रतियाेगिताका विजेताले उपाधीसँगै नगद ३ लाख रुपैयाँ, एक गीत रेकर्डकाे अवसर, पाँच दिने भारत भ्रमणकाे अवसर प्राप्त गर्ने छन् । उपविजेता दुई जनाले नगद ५०/५० हजार, एउटा गीत रेकर्डकाे अवसर, पाँच दिने भारत भ्रमण र टाेकन अफ लव प्राप्त गर्नेछन् । त्यस बाहेकका उत्कृष्ठ पाँच भित्र परेका  (विजेता र उपविजेता बाहेकका २ जना) ले पनि एक एक वटा गीत रेकर्डकाे अवसर, पाँच दिने भारत भ्रमण र टाेकन अफ लभ प्राप्त गर्नेछन् ।

प्रतियाेगितामा सहभागी हुन चाहनेहरुले भाैतिक उपस्थितिमा फारम भर्नु पर्नेछ । फारम शुल्क एक हजार रुपैयाँ ताेकिएकाे आयाेजकले जनाएकाे छ । प्रतियाेगिता मंसिर १५ र १६ गते सम्पन्न गर्ने याेजना रहेकाे बताईएकाे छ ।

कार्यक्रमकाे माध्ययमबाट नयाँ प्रतिभाहरुकाे खाेजी मात्र नभएर आन्तरिक पर्यटकहरु समेत सङ्खुवासभा भित्र्याउने उद्देश्य सहित कार्यक्रमकाे आयाेजना गर्न लागिएकाे कार्यक्रमकाे प्रमुख लगानीकर्ता सुजनकुमार श्रेष्ठकाे भनाई छ ।

 

सम्बन्धित समाचार