पत्रकार महासंघ सङ्खुवासभाको अध्यक्षमा गिरी



प्रमाण पत्र ग्रहण गर्दै नव निर्वाचित अध्यक्ष गिरी ।

संखुवासभा, फागुन ११ गते । नेपाल पत्रकार महासंघ सङ्खुवासभा शाखाको जिल्ला अधिवेसन हिजो सम्पन्न भएको छ । अधिवेसनले ईन्द गिरिको अध्यक्षतामा ११ सदसिय जिल्ला शाखा समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा गंगा विष्ट र प्रजिना शाक्य, सचिवमा अनिस विष्ट, सहसचिवमा नविन दाहाल र कोषाध्यक्षमा नवीन गुरुङ चयन गरेका छन् । समितिको अन्य सदस्यहरुमा दिपेन्द्र राई, चन्द्र ज्योती शाक्य, विष्णुदेव पन्त र मोहनकुमार राईलाई चयन गरिएको छ ।

त्यस्तै केन्द्रीय पार्षदमा छेटु शेर्पा, पदम अधिकारी र कुवेर प्रसाद भेटुवाल चयन गरिएको छ भने, प्रदेश पार्षदमा दीपेन्द्र शाक्य, कमला शर्मा, श्याम निरौला र गोविन्द राई चयन गरिएको छ ।

यस अघि विभिन्न बाहनामा बिवादित बनेको पत्रकार महासंघ अव विवाद रहित बनाउने नयाँ समितिका पदाधीकारीहरुले प्रतिवद्धता जनाएका थिए । विवादकै कारणल जिल्लामा नयाँ सदस्यता थप्न नसक्दा कतिपय पत्रकारहरुले महासंघको सदस्यता समेत नपाएर र विभिन्न अवसरहरुबाट आफुहरु बञ्चित हुनु परेको पदाधीकारीहरुले औँल्याएका थिए ।

अधिवेसन केन्द्रीय प्रतिनिधी दिलिप थापाको उपस्थीतीमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार