केन्याविरुद्ध सिरिजः नेपाली टोलीमै चार रोचक प्रतिस्पर्धा



११ फागुन, काठमाडौं । नेपालले यसै महिनाको अन्त्यमा विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँग घरेलु मैदान कीर्तिपुरमा खेल्दैछ ।

र, कप्तान र कोचसहितको छनोटकर्ता टोलीले १९ सदस्यको नाम सार्वजनिक गरिसकेका छन् । यो टोली शुक्रबार भारत जानेछ र नोयडामा एक साता अध्यास गर्नेछ । तीन अभ्यास खेल मध्ये एक अफगानिस्तानको एक टिमसँग मिलाउने प्रयास भइरहेको छ ।
भारत भ्रमणपछि चार वैकल्पिकसहित १८ खेलाडीको नाम सार्वजनिक गरिनेछ, जसले केन्याविरुद्ध फागुन २८ र ३० मा खेल्नेछ ।

१९ सदस्यीय टोलीमा अधिकांश पुराना अनुहार छन् । तर, केही युवा क्रिकेटर पनि टोलीमा परेका छन्, जसले उमेर समूहमा प्रभावशाली प्रदर्शन गरेका थिए । र, यो पटक युवा क्रिकेटरहरुले नेशनल टिममा डेब्यू गर्ने लगभग पक्का भइसहेको छ ।

केन्याविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ र नेपाल दुबै खेलमा जित चाहन्छद्ध । तर, त्यसअघि नेपाली टोलीको केही प्रमुख स्थानका लागि सदस्यहरुबीच नै कडा प्रस्पिर्धा हुनेछ । सम्भवत नोयडाको प्रर्दर्शनले धेरै कुरा निर्धारण गर्छ ।

सम्बन्धित समाचार