संखुवासभाको निषेधाज्ञा खुकुलो पारियो, हेर्नुहोस बन्द हुने र नहुने सेवाहरु




खाँदबारी । संखुवासभामा लागु गरिएको बन्दाबन्दी केहि खुकुलो पार्दै पुनः एक हप्ता निषेधाज्ञा थप भएको छ । जिल्ला प्रसासन कार्यालयले आज (विहिबार) राती १२ बजे देखि ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा जारि गरेको हो ।

निषेधाज्ञा जारि गरिएको समय भित्र सामुहिक रुपमा गरिने सम्पुर्ण कार्यहरु बन्द गरिएको छ । यो अवधी भित्र सम्पुर्ण शैक्षिक, खेलकुदका कार्यक्रमहरु बन्द गरिएको छ । त्यस्तै होम डेलिभरी नगर्ने होटल ब्यावसायहरु पनि बन्द गरिएको छ ।

यस पटक निषेधाज्ञलाई केहि खुकुलो बनाईएको छ । जिल्ला भित्रका निजि र सार्वजनिक सवारी साधन आधा सिट क्षमता नबढ्ने गरि सञ्चालन गर्न सकिने ब्यवस्था गरिएको छ । त्यस्तै, दैनिक उपभोग्या सामग्री विक्रि वितरण गर्ने पसलहरु विहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ला रहने जिल्ला प्रसासन कार्यालयले जनाएको छ । त्यस्तै, तरकारी, फलफुल, माछा, मासु, कस्मेटिक, भाडा, भान्सा जन्य पसलहरु, फर्निचर, ईलेक्ट्रोनिक्स, स्टेशनरी, अटो मोविल लगायतका पसलहरु पनि खोल्न पाउने ब्यवस्था गरिएको छ । उक्त सेवा सञ्चालन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वास्थ्य सम्बन्धी मापडण्ड अनिबार्य पालना गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद आचार्यले जानकारी दिनुभयो ।

बन्द हुने र नहुने सेवाहरु प्रसासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार