बाबुराम र उपेन्द्रको संयुक्त मागः स्थानीय चुनाव स्थगित गर




११ फागुन, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै वैशाख ३१ को स्थानीय चुनाव स्थगित गर्न माग गरेका छन् ।

सरकारले आफैंले संसदमा दर्ता गरको संविधान संशोधन विधेयक पास नगरी स्थानीय चुनाव घोषणा गरेको भन्दै उनीहरुले यसले देशलाई अस्थिरता र अनिश्चिततारतिर धकेलेको दाबी गरेका छन् । स्थानीय तहको संरचना नै नबनेको र कानुन समेत नभएको भन्दै चुनावका लागि ६ बुँदे माग राखेका छन् ।

नयाँ शक्ति र फोरमले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिर्माजनसहित पास गर्नु पर्ने माग गरेका छन् ।

साथै संघ र प्रदेशको चुनाव पहिला गर्नु पर्ने भन्दै दुई दलले भनेका छन्, ‘स्थानीय तह प्रदेश मातहत रहनुपर्छ र, यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नुपर्छ । राजनीतिक दलहरुको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनुपर्छ ।’

सम्बन्धित समाचार