नासाले फेला पार्‍यो पृथ्वीजस्तै ग्रह, एलियन वा जीवको संभावना



के पृथ्वीजस्तै अर्को ग्रह होला रु यहि जिज्ञासा मेट्न तत्पर छ, अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ।

यसबीचमा नासाले पृथ्वीको आकारको सात ग्रह ‘ट्राप्पिस्ट(वन’ नामक सौर्यमन्डलको खोजीमा अहम् सफलता हासिल गरेको छ । यसमध्ये तीनवटा ग्रहमा जीवनको संभावना रहेको नासाले ट्वीटरमार्फत जानकारी गराएको छ ।

‘ती ग्रहमा एलियन जस्ता जीवको संभावना छ’ नासाले उल्लेख गरेको छ । यो पृथ्वीभन्दा ३९ प्रकास बर्षको दूरीमा छ । यस सौर्यमन्डलको ग्रहमा पानी उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । नासाले अहिलेसम्म गरेको पृथ्वी जस्तै ग्रहको खोजको यो पहिलो नतिजा हो ।

नासाले स्पिट्जर स्पेश टेलीस्कोपले यस ग्रहको खोजी गरेको थियो । यो ग्रह सिंगल स्टारको वरिपरि छ । नेचर र्जनलमा बेल्जियमस्थित युनिभर्सिटी अफ लीजेका बैज्ञानिक माइकल गिलोनको हवला दिँदै बताइएको छ कि, ‘यस ग्रहमा पानी रहेको पर्याप्त संकेत मिलेको छ ।

खगोलविदका अनुसार सात ग्रहवाला सौर्यमन्डल पहिला पनि पत्ता लागेको थियो । तर, यो नै पहिलो पटक हो, पृथ्वी आकारको ग्रहयुक्त सौर्यमन्डल फेला परेको ।

वैज्ञानिकका अनुसार बृहस्पती ग्रहभन्दा ठूलो ताराबाट यी सात ग्रहमा प्रकाश छरिएको छ, जो सूर्यभन्दा करिब दुई हजार गुणा सुस्त छ । यस ग्रहमा मानिस बस्न लायक वातावरण रहेको बताइन्छ ।

सम्बन्धित समाचार