अमेरिकाबाट पोखरेल र घर्तीलार्इ सुझाव



मैले अनलाइनखबरमा नारी स्वतन्त्रताबारे राधा पोखरेल र विद्रोह घर्ती दुवैका विचार पढें । दुवैलाई यहाँहरुले अहिलेको समाजलाई प्रष्ट पार्न खोज्नु भएकोमा धन्यवाद । नांगिनु नारी स्वतन्त्रता पनि होइन र नारीलाई नंगाउनु बौध्दिकता पनि होइन ।

नारीलाई सार्वजनिक रुपमा नङ्गाउँछु भनेर सायदै कोही बौध्दिक व्यक्तिले सोच्छ होला । सामाजिक शिक्षाको ‘स’ पनि नजानेकोलार्इ बौध्दिक व्यक्ति भन्न त पक्कै मिलेन होला । ज्योति र रियालाई कसैले जबर्जस्ती नंग्याएका पनि थिएनन् होला । यदि त्यसो हो भने त भन्न सक्नुपर्थ्यो कि मलाई जबरजस्ती नंग्याइयो भनेर ।
विद्रोहजी का सबै उधारहरणहरु पढ्दा यस्तो लाग्यो कि उहाँले अशिक्षित व्यक्तिलार्इ बौध्दिक व्यक्तिको सुचीमा राख्नुभएको छ । भूतकालको अशिक्षित ब्राह्मण समाजको उदारहरण दिएर वर्तमानका शिक्षित बाहुन समाजलाई दोष दिनु कति उचित हुन्छ ?

हो, भूतकालमा जनजातिमाथि हेर्ने तत्कालीन ब्राह्मण समाजको नजर राम्रो थिएन । भूतकालमा मध्यम वर्गीय जनजाति त पछि परेका थिए नै, मध्यमवर्गीय ब्राह्मण समाज पनि पछि परेकै थियो । जनजाति अशिक्षाबाट पीडित थिए भने बाहुनहरु गलत शिक्षाको शिकार बनेका थिए ।

तत्कालीन समाजका केही ठूलाबडा भनिएकाहरू, जो जातले ब्राह्मण थिए र केही त्यस्ता व्यक्ति जो कर्मले ब्राह्मण थिए, जसले आफ्नो स्वार्थ र फाइदाका लागि सोझा सीधा जातले ब्राह्मण भएकाहरुलाई गलत मार्गदर्शन गरेको हुँदा सम्पूर्ण ब्राह्मण समाज अहिलेको समयमा लज्जित हुन पुगेको छ र नस्लवादको शिकार हुन पुगेको छ ।

तर, के गर्नु विद्रोह जी, ब्राह्मणको समाज नै त्यस्तै हुन्थ्यो । आफ्नो गुरुको शिक्षा र आज्ञा मान्नै पर्ने, आज पनि विद्यालयमा यो कुरा लागु हुन्छ । कुनै गुरुले आफ्नो फाइदाका लागि आफ्ना अनुयायीहरुलाई गलत मार्गदर्शन गर्छ भने त्यो कदापी आनुयायीहरुको गल्ती हुन सक्दैन । हाम्रो भूतकाल नै यस्तै थियो । गलत शिक्षा र गलत मार्गदर्शनले ग्रसित थियो । उनीहरुमा त्यति धेरै ज्ञान थिएन कि गलत के हो र सही के हो छुट्टाउन सकियोस् ।

तर, वर्तमान त्यस्तो छैन । वर्तमान ब्राह्मण समाजले सही शिक्षा पाएको छ । गलत के हो, सही के हो छुट्टाउन सक्छ । मैले वर्तमान ब्राह्मण समाज को अर्थ पढेलेखेका शिक्षित ब्राह्मणलार्इ भन्दै छु । पढेलेखेकाहरू अशिक्षित र नपढेकाहरू शिक्षित पनि छन् यहाँ । मेरो प्रश्न यति मात्रै छ कि विद्रोहजीसँग( भूतकालका उदारहरण दिएर वर्तमानलाई दोष लगाउनु कति जायज होला ?

म राधाजीसँग सहमत छु । यहाँ कुरा बाहुनको र जनजातिको थिएन । यहाँ त कुरा थियो सिंगो महिलाको । यहाँ त प्रश्न थियो सिर्फ महिला जाति माथि । यहाँ त प्रश्न नारी स्वतन्त्रताको, जो बल्लबल्ल बैशाखी टेक्न सिक्दै गरेको हाम्रो समाजमा अंग प्रदर्शनलाई नारी स्वतन्त्रताभित्र राखेर हेर्न मिल्छ कि मिल्दैन भन्ने थियो ।

सायद खाडी मुलुकका नारीले सार्वजनिक ठाउँमा त्यसो गरेको भए जिउँदो रहन्थे कि रहन्थेनन् भन्न कठिन छ । तर, नेपालमा त्यस्तो अवस्था छैन । किन रु किनकि हाम्रो समाजले नारी स्वतन्त्रता स्वीकारिसकेको छ । तर, यसको अर्थ यो होइन कि आफ्नो स्वतन्त्रताको प्रमाण दिन नांगिएर हिँड्नु ।

यदि ज्योति मगरको ठाउँमा कुनै ज्योति बाहुनी र रिया श्रेष्ठ को ठाउँमामा किने रिया बाहुनी हुँदो हो त तपार्इंको विचार कस्तो हुन्थ्यो ?

कला मनोरञ्जनको माध्यम हो । मनोरञ्जनका लागि नृत्य, गायन, हास्य, साहित्य,खेलकुद आदिको प्रयोग गर्न सकिन्छ । मनोरञ्जन दिन कपडा खोल्नै पर्छ भन्ने छैन । कपडा लगाएरै पनि सबै किसिमका मनोरञ्जन सार्वजनिक रुपमा दिन सकिन्छ ।

मनोरञ्जन पैसा कमाउने माध्यम पनि हो । नेपालका सर्वश्रेष्ठ नृत्य नायिका र सर्वश्रेष्ठ गायिकालाई पैसा कमाउन किन कपडा खोल्नुपर्यो ? हाम्रो समाजमा नांगिएर पैसा कमाउनेलार्इ हेर्ने नजर राम्रो छैन । यहाँ प्रश्न उठ्छ कि एउटी गायिकाले नग्न भएर गाउँछिन भने उनी आफ्नो पेसा र आफ्नो कलाप्रति कति उत्तरदायी छिन् । आफ्नो कलाको सम्मान कति गर्छिन् ?

विद्रोह जी, माफ गर्नु होला एउटा प्रश्न( यदि ज्योति मगरको ठाउँमा कुनै ज्योति बाहुनी र रिया श्रेष्ठ को ठाउँमामा किने रिया बाहुनी हुँदो हो त तपार्इंको विचार कस्तो हुन्थ्यो रु ठीकै भयो, यी शोषक बाहुनहरु आज समाजमा नांगिए त पक्कै भन्नुहुन्न होला ।

तपाइको नजरमा कुनै ब्राह्मणले जनजाति कलाकारको बदनाम गर्न खोजिरहेको छ भन्ने सोच्नुहुन्छ भने पक्कै पनि तपार्इलाई कुनै बाहुनी नांगिँदा खुसी लाग्थ्यो होला । तर, नारी भनेका नारी हुन् सधैं । एउटी नारीको बदनाम हुनु भनेको सारा जगतका नारीको बदनामी हुनु हो । त्यसैले नारीको मान इज्जत प्रतिस्ठालार्इ कुनै जातिसँग जोडेर हेर्न बन्द गरौं । आज कुनै जनजाति महिलाको नाम आइरहेको छ, भोलि बाहुन महिलाको पनि नाम आउन सक्छ । त्यसैले स्वतन्त्रताका नाममा अश्लीलतालार्इ मलजल नगरौं ।

हाम्रो जस्तो देश, जहाँ सारा जनता शोषित छन् । यस्तो देशमा पनि यति चाँडो नारीहरुले पाएको स्वतन्त्रता त्यसै आएको होइन । दिनरात नभनी कुनै स्वार्थ नहेरी महिला स्वतन्त्रताका लागि लड्ने धेरै मानिसहरु छन् नेपालमा । उनीहरुको साना दुखले आर्जेको स्वतन्त्रता हैन यो । यो स्वतन्त्रताको सम्मान गर्न सिक्नुपर्छ ।

शरीर नंग्याएर कदापि यो स्वतन्त्रताको सम्मान हुन सक्दैन । पुस्ताको परिवर्तनसँगै हामी अझै स्वतन्त्र र बलियो हुँदै जानेछौं यसको सम्मान गर्न सिक्नुपर्छ । वर्तमानमा हेर्ने हो भने यस विषयमा यहाँ न कुनै जनजाति छ, न कुनै बाहुन । यहाँ त सिर्फ नारी जाति मात्रै छ र उसको स्वतन्त्रता छ ।

मानव समाजको विकास क्रमसँगै मानवता, उसको सभ्यता, रीति, संस्कृति आदिको विकास भएको छ । कुनै अपरिवर्तनीय छन् भने कुनै परिवर्तनीय । परिवर्तनीय सभ्यता,रीति, संस्कृति आदि उसको पुस्ता परिवर्तनसँगै परिवर्तन वा सुधार हुँदै जान्छन् ।

सही ढंगले र उचित शिक्षा दिने हो भने पुस्ता परिवर्तनसँगै प्रजातन्त्र, अधिकार, स्वतन्त्रता आदि मुद्दा हरु पनि बलियो हुँदै जान्छन् । सय वर्ष अगाडिको स्वतन्त्रता त आजको स्वतन्त्रतामा धेरै अन्तर छ । समय क्रमअनुसार स्वतन्त्रताको व्याख्या पनि परिवर्तन हुने गर्दछ । तर, यो वर्तमानमा नांगिनु स्वतन्त्रताको व्याख्याभित्र पर्दैन ।

सम्बन्धित समाचार