कहाँ बन्छन् एप्पलका फोन रु कति लाग्छ लागत र ?



प्रविधि जगतमा रुची राख्नेहरुबीच यो कुरा निकै चासोको विषय बनेको हुन्छ कि आखिर एप्पलका प्रडक्टहरु कहाँ बन्दछन् रु के एप्पलका ग्याजेटहरु अमेरिकाको क्यालिफोर्नियामै बन्दछन् वा यिनीहरु मेड इन चाइना हुन् रु एप्पलको उत्पादन तथा असेम्बलिंग कारखाना कहाँ छ भन्ने प्रश्न सर्वसाधारण उपभोक्ताले सोधिरहने प्रश्न हो । आखिर एप्पलका प्रडक्टहरुको वास्तविक लागत कति हुन्छ रु किन एप्पलका प्रडक्टहरुको भाउ निकै महंगो हुन्छ रु भन्ने प्रश्न पनि आइरहन्छ ।

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पलका सिइओ टिम कुकसँग भेट गरी एप्पललाई आफ्ना प्रडक्टहरु अमेरिकामै उत्पादन गर्न आग्रह गरे । साथै उनले यसका लागि कर्पोरेट करमा भारी छुट दिने प्रस्ताव पनि गरे । यसअघिका राष्ट्रपति बाराक ओबामाले पनि आफ्ना प्रडक्ट अमेरिकामै बनाउनका लागि एप्पलसँग अनुरोध गरेका थिए ।

प्रश्न यो उठ्छ कि आखिर एप्पलका फोन तथा अन्य प्रडक्टहरु पूर्णरुपमा कहाँ बन्दछन् रु यसको जवाफ हो, जहाँतहीँ । वास्तवमा एप्पलका फोन निर्माणमा विभिन्न देशका कम्पनीहरुको हात रहेको छ ।

एप्पलको विशेषता यो हो कि उसले आफ्ना प्रडक्टहरुका विभिन्न पार्टस् विभिन्न देशका विभिनन कम्पनीहरुलाई बनाउन लगाउँदछ । जस्तै धेरैजसो स्त्रिmन डिस्प्ले जापानमा बन्दछन् भने केही डिस्प्ले दक्षिण कोरियाली कम्पनी एलजीले बनाइदिन्छ । त्यसतै टच आइडी सेन्सर ताइबानी कम्पनी टिएसएमसीले बनाउँदछ । यसरी एप्पलका प्रडक्टहरुका फरक फरक पार्टस् बनाउने विदेशी कम्पनीहरुको सूचि लामो छ । तपाइँलाई अचम्म लाग्छ सक्छ की एप्पलका विश्वभरमा गरी २ सय भन्दा धेरै सप्लायर्स छन् ।

एप्पलका प्रडक्ट्समा मेड इन चाइना लेखिएको हुन्छ । यसको कारण के भने एप्पलका अधिकांस डिभाइसको धेरैजसो असेम्बलिंग चाइनामा हुन्छ र त्यसपछि त्यसलाई पूरा गर्नका अन्य देशमा पठाइन्छ ।

लागतको कुरा गर्ने हो भने एप्पलको आइफोन सिक्स प्लसको कुल लागत २३६ डलर हुन आउँछ । जबकी उसले १६ जिबीवाला आइफोन सिक्स प्लसलाई यसको तेब्बर मूल्य अर्थात् ७४९ डलरमा बेच्दछ ।

सन् २०१६ मा अनुसन्धान कम्पनी आइएचएसले एप्पलको आइफोन एसइको लागतका विषयमा एउटा खुलासा गरेको थियो । रिपोर्ट अनुसार एसइ मोडेलको कुल लागत १६० डलर थियो जबकी एप्पलले त्यसलाई ३८० डलरमा बेच्दछ । यसमा सबैभन्दा रोचक कुरा त के भने एप्पललाई उसका फोनको स्टोरेज १६ जिबीबाट बढाएर ६४ जिबीमा पूराउनका लागि जम्मा १७ डलर थप खर्च हुन्छ जबकी प्रयोगकर्ताले ६४ जिबीवाला आइफोन किन्नका लागि थप १ सय डलर खर्चिनुपर्छ ।

स्मरण रहोस् एप्पलले अब भारतमा समेत आइफोन एसइ मोडेलको असेम्बलिंगका साथै उत्पादन समेत सुरु गर्दैछ । कर्नाटकमा बनिरहेको कारखानाबाट वर्षेनी ३।४ लाख आइफोन उत्पादन गर्ने लक्ष्य एप्पलको छ । एजेन्सी

सम्बन्धित समाचार