मेरो क्षमताको उपयोग गर्न सकेनन्ः नितु पोखरेल




केही चलचित्र र म्युजिक भिडियोमा काम गरेकी नितु पोखरेल आउँदो चैतदेखि नयाँ चलचित्रको सुटिङको तयारीमा छिन् । आफूलाई साधारण व्यक्ति भन्न चाहने नितुलाई लगाएका पाँच आरोपः

१. पूरै हराउनुभयो भन्छन् त
– त्यस्तो हराएको भन्ने कुरा म मान्दिनँ । अहिले पनि काम गरिरहेकै छु । चैतदेखि मेरो नयाँ फिल्मको सुटिङ सुरु हुन्छ । म फिल्म बाहेक आफ्नै बिजनेस पनि गर्छु । त्यस कारण पूरा समय दिन सकेको छैन ।

२. फिल्ममा अझै टिनएजको भूमिका खोज्नुहुन्छ हो ?
– म त्यस्ती बूढी भइसकेकी छैन । त्यसैले पाएँ भने टिनएजको भूमिका पनि निर्वाह गर्छु । तर, टिनएजकै भूमिका मात्र रोज्छु भन्ने कुरा गलत हो । राम्रो भूमिका पाएँ भने जस्तो पनि गर्छु ।

३. काठमाडौं बाहिर सुटिङमा जान मान्नुहुन्न भन्ने आरोपको बारेमा के भन्नुहुन्छ ?
– त्यो पनि गलत कुरा हो । कतिपय फिल्मको पहिला अर्कै सेड्युल हुन्छ, पछि अर्को । त्यस्तो स्थितिमा अलि समस्या पर्छ । काठमाडौंमा मेरो बिजनेस पनि भएकोले बाहिर जान गाह्रै हुन्छ । तर, सुटिङ छाडेको चाहिँ छैन ।

४. अलि घमण्डी हुनुहुन्छ रे नि ?
– आम्मै १ म घमण्डी भन्ने त हुनै सक्दैन । म जस्तो सिम्पल कोही छैन जस्तो लाग्छ । यो कुरा मलाई चिन्ने जोसुकैसँग सोध्न सक्नुहुन्छ ।

५. संख्या बढाउने मात्रै काम गर्नुभयो भन्ने आरोप पनि लाग्ने गर्छ ।
– यस्तो गुनासो पहिले पनि सुनेको हो । तर, मैले संख्या बढाउने हिसाबले काम गरेको जस्तो लाग्दैन । खासमा मलाई काम गराउनेहरुले मेरो क्षमताको उपयोग गर्न सक्नुभएको छैन ।

सम्बन्धित समाचार