जल शाहको बदलिएको फिगर, भन्छिनः ‘मोटाउनु र दुब्लाउनु सामान्य कुरा’



एक दशक अगाडि अमेरिका जाँदा नायिका जल शाहको चर्चा, क्रेज नेपाली चलचित्र क्षेत्रमा राम्रै थियो । तर, अमेरिका नै पुग्छु भन्ने सोचले नहिडेकी जल सपनाको देशमा पुगिन् र उतै बसिन् । बिहे गरेर ८ बर्षकी छोरीकी आमा पनि भैसकेकी जल चलचित्र क्षेत्रमा र्फकने योजनामा छिन् ।

उनले अब आफू महिला केन्द्रित चलचित्रमा फर्कने योजनामा रहेको बताइन् । भेटमा जलले मोटाएको फिगरमा भनिन् ‘हेर्नुहोस् दुब्लाउनु र मोटाउनु सामान्य कुरा हो । यो त भै नै रहन्छ । रानी मुखर्जीको फिगर पनि पहिला कस्तो थियो र अहिले कस्तो भयो ?

उनले कलाकारितालाई फिगरले मात्र नछेक्ने पनि बताइन् । यसपटक लामै बिदा लिएर नेपाल आएकी जल शाहले अनलाइनखबरसँग मस्तीको गफ गरेकी छिन् । उनीसँग गरिएको भिडियो कुराकानी केही दिनमै प्रकाशन हुनेछ ।

 

अनलाईन खबरबाट साभार

सम्बन्धित समाचार