युएईबाट राष्ट्रिय खेलाडी दाहालको बिदाई



युएई–सोसल क्लब युएईले नेपाली राष्ट्रिय खेलाडी रामबहादुर दाहाललाई युएईबाट सम्मान सहित बिदाई गरेको छ । २० फेव्रुअरीमा बिदाई गरिएका दाहाल बिगत ९ बर्ष देखी युएईमा कार्यरत थिए । सोसल क्लबका अध्यक्ष शालिक सुबेदीले दाहाललाई सम्मानपत्र सहित खादा ओढाएर बिदाइ गरेका हुन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका कार्यबाहक अध्यक्ष लक्ष्मण खनालले युएईमा रहेर पनि देश र बिदेशमा समेत बिभिन्न मेडलहरु जितेर नेपालको नाम राखेको भन्दै दाहालको प्रशंसा गरेका थिए । कार्यक्रममा एनआरएनए युएईका केन्द्रिय सदस्य रेशम लामा, ईनाश महासचिब राम तामाङ, ब्वयसायीहरु राजन अधिकारी, हरी अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

दाहालले नेपाल फर्केर आफ्नो कार्यलाई निरन्तरता दिदै आफु र आफु भन्दा प्रतिभाशाली खेलाडीहरुको उत्पादन गर्दै देश सेवामा लाग्ने प्रतिबद्दता ब्यक्त गरे । खेलकुद परिषदले आयोजना गरेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनी गोल्डमेडलिस्ट पदक हासिल गर्न सफल र राष्ट्रियस्तरका बिभिन्न प्रतिस्पर्धामा च्याम्पियन भईसकेका छन् ।

सम्बन्धित समाचार