भोटखोलावासीको गुनासो ‘हामी सञ्चार विहिन छौँ’



अन्तरकृया कार्यक्रममा बोल्नुहुँदै सञ्चार उपसचिव नेपाल । 

सङ्खुवासभा, चैत १५ गते । सङ्खुवासभाको खाँदबारीमा रहेको गुराँस एफ एमले मङ्गलबार ‘स्थानीय स्तरमा सञ्चारको अवस्था र प्रभावकारीता’ विषयमा अन्तरकृया कार्यक्रम आयोजना ग¥यो । सुचना तथा सञ्चार मन्त्रालयका उपसचिव अनुप नेपालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा भोटखोला क्षेत्रका बासिन्दा पनि सहभागी थिए ।

कार्यक्रममा आफ्नो भनाई राख्ने क्रममा किमाथाङ्काका पेम्बा नावाले भोटखोलामा कुनैपनि रेडियो सुन्न नसकिने भन्दै जिल्लामा रेडियोको संख्या जति बढेपनि ‘कागलाई बेल पाकेको’ उखानको संज्ञा दिनुभयो । सञ्चारको पहुँचबाट बञ्चित भएको भोटखोलावासीहरु सुचनाको अधिकारबाट बञ्चित भईरहेको उहाँले दावी गर्नुभयो । ‘तपाईहरु सञ्चारको प्रभावकारीताको विषयमा आफ्नो कुरा राख्दै हुनुहुन्छ, भोटखोलाका बासिन्दाले रेडियो सुन्न पाएका छैनन्’, नावाले भन्नुभयो, ‘रेडियो नसुनिने ठाउँमा प्रभावकारीताको के कुरा गर्नु ।’ सङ्खुवासभा ६ वटा रेडियो सञ्चालनमा रहेपनि कुनैको पनि प्रसारण त्यहाँ नपुग्नु दुखद् रहेको भन्दै त्यसमा ध्यान पुराउन नावाले अनुरोध गर्नुभयो ।

रेडियोको मात्र नभएर फोन सम्पर्कको लागि पनि भरपर्दो सुविधा नभएको नावाको भनाई थियो । दुरसञ्चारले सिडिएम्एको सेवा विस्तार गरेपनि घाम लागेको केहि समयमात्र नेटवर्कले काम गर्ने अरुबेला काम नदिने समस्या रहेको उहाँले बताउनुभयो । ‘घाम ढल्किएसँगै फोनको टावर पनि जान्छ, भोली घाम लाग्यो भने मात्र सम्पर्कमा आउन सकिन्छ’ नावाले भन्नुभयो । फोन, रेडियो जस्ता सञ्चारका साधनहरु भरपर्दो भईदिए भोटखोला क्षेत्रका नागरिकहरुले पनि केहि सिक्ने र बुझ्न सक्ने नावाको दावी छ ।

त्यस्तो गुनासो सुनिसकेपछि प्रमुख अतिथीको रुपमा रहनुभएको सुचना तथा सञ्चार मन्त्रालयका सहसचिव अनुप नेपालले स्थानीय रेडियोलाई त्यस क्षेत्रसम्म प्रसारण पहुँच पुराउन अनुरोध गर्नुभयो । राज्य वा जुनसुकै सञ्चार संस्थाहरुले नागरिकहरुलाई सुचनाको हकबाट बञ्चित पार्न नहुने बताउनुहुँदै आफु पनि भोटखोला क्षेत्रमा सञ्चार पहुँच पुराउन तयार रहेको बताउनुभयो । ‘दुरदराजका लागि रेडियो प्रभावकारी सञ्चार माध्ययम हो, म आजैबाट त्यस क्षेत्रमा प्रसारण पहँुच पुराउन लागिपरँे, तपाई पनि लाग्नुस’, सहसचिव नेपालले भन्नुभयो ।

सम्बन्धित समाचार