यी हुन् संखुवासभामा स्थानीय निर्वाचनका आकांक्षी



संखुवासभा– स्थानीय तहको चुनाव नजिकिदै गर्दा संखुवासभाका पाँच नगरपालिका र ५ गाउँपालिका भित्र क्रियाशिल राजनीतिक दलहरुमा उम्मेदवारका आकांक्षी बढ्दै गएका छन् । जिल्ला भर यहाँको मतदाता संख्या झण्डै ९० हजार छ । १० वटा प्रमुख पदका लागि करिव १ सय उम्मेद्वारका आकांक्षी छन् ।

खाँदबारी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा महेश थपलिया, शेरबहादुर वन, हरिश्वर थापामगर, अनन्तकुमार गौली, उमेश चौहान लगायतका नाम नाम चर्चामा छ । थपलिया महासमिति सदस्य, वन पूर्व महाधिबेशन प्रतिनिधि, थापामगर, पूर्व क्षेत्रीय सभापति, गौली संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष र चौहान क्षेत्रीय सभापति हुन् । कांग्रेस श्रोतका अनुसार यी नामहरु मध्येबाटै एकजना प्रमुख पदका लागि उम्मेदवार हुने संभावना बलियो छ । उपप्रमुखमा चित्ररेखा अधिकारी र नीरु बस्नेतको नाम नाम चर्चामा छ ।

नेकपा एमाले तर्फबाट पूर्व नगर उपप्रमुख समेत रहेका जेवी घिमिरे, भरतकुमार घिमिरे, सुमन शाक्य, किरणकुमार शाक्य, लेखनाथ बुढाथोकी, देबेन्द्र घिमिरे,सुजनकुमार श्रेष्ठ, नारायण कटुवाल लगायतका नेताहरुको नाम चर्चामा छ । घिमिरे खेलकुद विकास समितिका अध्यक्ष, शाक्य व्यापारी, अर्का शाक्य बरुण बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख, बुढाथोकी क्षेत्रीय अध्यक्ष, कटुवाल गैससका पूर्व अध्यक्ष, देबेन्द्र घिमिरे खाँदबारी नगरको उपाध्यक्ष, मनकानमना रत्नअम्बिका उमाबिका अध्यक्ष, श्रेष्ठ मनराम प्रतिष्ठानका अध्यक्ष हुन् ।
माओबादी केन्द्रबाट सीताराम तिम्सिना, वीरबहादुर लिम्बु र शुशिला घिमिरेको नाम अग्रस्थानमा छ । चैनपुर नगरपालिकामा कांग्रेसका तर्फबाट दीपेन्द्रमान शाक्य, ज्ञानबहादुर कार्की, कुमारबाबु अधिकारी, शंकरमान कडेल, दीपक लिम्बु लगायतका नेताहरुको नाम चर्चामा छ । एमालेका तर्फबाट चैनपुर नगरपालिकामा आशिष शाक्य, गोपाल श्रेष्ठ, उमेश डागी, कृष्ण तामाङ, भरत खत्री लगायतका नेताहरुको नाम चर्चामा छ ।

माओवादी केन्द्र तर्फबाट लाखमान तामाङ, डम्बर अधिकारी र सुमन डागी चर्चामा छन् । त्यस्तै, मादी नगरपालिकामा शुशिलराज दाहाल, रामकुमार जिमी, दीलकुमार गुरुङ, डम्बर बस्नेत लगायतका नेताहरुको नाम चर्चामा छ । एमालेबाट मादी नगरपालिकामा जीवन लिंथेप, जीवन गुरुङ र विदुर सुव्वा चर्चामा छन् ।

माओवादी केन्द्र तर्फबाट दावा लामा सर्वसम्मत छन् ।
पाँचखपन नगरपालिकामा कांग्रेसका तर्फबाट विपिन राईको नाम मात्रै चर्चामा छ । एमालेका तर्फबाट पाँचखपनका लागि हिन्दुकुमार राई, प्रेमबहादुर श्रेष्ठ लगायतका नाम चर्चामा छन् । एमाओबादीका तर्फबाट चन्द्र न्यौपाने र हिमाल बोगटीको नाम चर्चामा चलेको छ ।
धर्मदेवी नगरपालिकाका लागि कांग्रेसका तर्फबाट देवराज सुबेदी, भक्तबहादुर गुरुङ, रमेश जिमी र रत्न कटुवालको नाम चर्चामा छ । एमालेका तर्फबाट ऋषिकेशव चापागाई, भीम लिंखा र पदम गुरुङको चर्चा छ । माओवादी केन्द्रका तर्फबाट कुलबहादुर कार्की, दोर्ची शेर्पा, छिरीङ भोटे र भुपालसिं तामाङको नाम चर्चामा छ ।

मत्स्यपोखरी, सिलिचोङ, मकालु, सभापोखरी र भोटखोला गाउँपालिकामा पनि आकांक्षीहरु बढेका छन् । त्यसमा पनि कांग्रेस, एमाले र माओवादी केन्द्र बीचको प्रतिस्पर्धा कडा हुने देखिन्छ । राप्रपा र जनमुक्ति पार्टिले पनि आफ्नो उल्लेख्य उपस्थिति रहेको बताउँदै आएका छन् ।

साभारः रेडियो संखुवासभा

सम्बन्धित समाचार