नागरिकलाई सुसुचित गर्न ‘ईमकालु अनलाईन’

समय प्रविधिको छ । प्रविधिले फड्को मार्दै गएको अवस्थामा सञ्चार क्षेत्र पनि ‘डिजिटलाईज’ हुँदै गईरहेको छ । आफ्नै हातमा रहेको मोबाईलको सानो स्कृनबाट विश्वलाई चिहाउन सक्ने अवस्था छ, अहिले ।

देश विदेशका ताजा खबरहरु थाहा पाउनको लागि पहिलेको जस्तै लामो समय कुर्नु पर्दैन । समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै आजबाट अनलाईन पत्रिका ईमकालु अनलाईन डट कम प्रकाशनको आरम्भ गरेका छौँ । पुर्वको हिमाली जिल्ला सङ्खुवासभामा प्रधान कार्यालय रहने गरि शुभारम्भ गरिएको यस अनलाईन पत्रिकाले पत्रकार आचारसंहितालाई पुर्ण रुपमा पालना गर्दै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेण गर्ने प्रण गर्दछ ।

स्थानीय नागरिकको आवाज राज्यसम्म र राज्यले गरेको ब्यवस्था तथा सुचना नागरिकसम्म पुराउने काम यस अनलाईने आफ्नो कर्तब्यको रुपमा लिएको छ । समाजका विकृति विसंगतिलाई निरुत्साहित गर्ने र राम्रा पक्षलाई प्रोत्साहन गर्दै यस अनलाईनले आफ्नो प्रकाशनलाई निरन्तरता दिनेछ ।

पत्रकार महासंघ जिल्ला शाखा सङ्खुवासभा संरक्षक रहने गरि बनाईएको प्रकाशन समुहमा पत्रकारीता क्षेत्रमा लामो समय विताएकाहरुको संलग्नता रहेको छ भने केही पत्रकारिताका विद्यार्थीहरु पनि छन् । देशको विभिन्न भागमा रहेका क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुबाट प्राप्त समाचारहरु प्रकासित गरिने यो अनलाईनमा मोफसलका समाचारहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखिनेछ ।
यस अनलाईनको आगामी यात्राहरुमा सम्पुर्ण पत्रकार तथा सञ्चारकर्मी, पाठक र विज्ञापनदाताहरुको अमुल्य साथको अपेक्षा राखिएको छ ।

सम्बन्धित समाचार