म्यादी प्रहरीमा युवाहरुको अकर्षण बढ्दो, सङ्खुवासभामा करिब पाँच गुणा बढिको आवेदन



जिल्ला प्रहरी गेटमा म्यादी प्रहरीका आवेदकहरु । तस्विरः भविन कार्की

सङ्खुवासभा । निर्वाचनलाई लक्षित गरि लिईने म्यादी प्रहरीमा युवाहरुको आकर्षण बढ्दो छ । सङ्खुवासभामा आवश्कता भन्दा करिब पाँच गुणा बढिले आवेदन दिएका छन् । आवेदकहरुमध्ये भोलीबाट छनौट सुरु हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भोलीदेखि तीन दिनसम्म हुने छनौटको क्रममा पहिलो दिन भोली ब्याडिङ र स्वास्थ्य परिक्षण हुने, दोश्रो दिन दौड र तेश्रो दिन २१ गते लिखित र मौखिक परिक्षा हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छनौटमा पर्ने पुरुष म्यादी प्रहरीको उचाई पाँच फिट र महिलाको चार फिट दश ईञ्च हुनुपर्ने छ ।

त्यस्तै प्रतिष्पर्धीले एक किलोमिटर दौडनु पर्नेछ । उक्त दुरी पुरुषले पाँच र महिलाले ७ मिनेटमा पार गर्नुपर्ने जिल्ला प्रहरी प्रमुख डिएसपी गौतमकुमार केशीले बताउनुभयो ।
छनौटमा पर्नेहरुले निर्वाचन अवधीभर ५५ दिन सुरक्षामा खट्नु पर्नेछ भने प्रहरी जवान बराबरको सेवा सुविधा प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार