माओवादी केन्द्रले टुङ्गो लगायो खाँदबारीको मेयर



पोलिटब्युरो सदस्य देवानको साथमा बायाँबाट क्रमस घिमिरे र लिम्बु ।

सङ्खुवासभा । नेकपा माओवादी केन्द्रले सङ्खुवासभा स्थीत खाँदबारी नगरपालिकाको मेयर र उप मेयरको टुङ्गो लगाएको छ । बुधबार एक कार्यक्रम आयोजना गरि खाँदबारी नगरपालिकाको लागि मेयरको उमेद्वार घोषणा गरेको हो ।

माओवादी केन्द्रले खाँदबारी नगरपालिकाको लागि पार्टीको तर्फबाट मेयरमा बीरबहादुर लिम्बु र उप मेयरमा सुशिला घिमिरे चयन गरेको घोषणा गरेका छन् । आफ्नो पार्टीको तर्फबाट नगरपालिकाको समग्र विकासमा सक्षम र जुझारु उमेद्वार बनाईएको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रिपुप्रसाद देवानले जानकारी दिनुभयो । हाल विकासमा गति दिनको लागि देश, काल र परिस्थीती बुझेको ब्यक्तिहरुलाई उमेद्वार बनाएको उहाँको भनाई छ ।

जिल्लाका अन्य नगरपालिका र गाउँपालिकाबाट पनि केही दिनमा नै उमेद्वारको टुङ्गो लाग्ने बताईएको छ ।

सम्बन्धित समाचार