अपहरण मुद्दामा जिप्रका झापाका खरिदारसहित तीन पक्राउ, दुई फरार



२८ चैत, झापा । प्रहरीले मानव अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला प्रशासन कार्यालयका खरिदार तेजेन्द्र न्यौपानेसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने अन्यमा मेचीनगर ८ का ४२ बर्षीय अजय राई (भुपु कान्छा) र भद्रपुर ६ का ४० बर्षीय प्रेम न्यौपाने छन् । राई कांग्रेस कार्यकर्ता हुन् भने न्यौपाने व्यवसायी हुन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार विर्तामोडका जीवन विष्टले आफूलाई अपहरण गरी बन्धक बनाएर करोडौं मूल्य पर्ने जग्गा पास गर्न लगाएको उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट आइतबार राति पक्राउ गरेको जनाएको छ ।

दुई जना फरार

घटनामा संलग्न दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको एसपी क्षेत्रीले जानकारी दिए ।

यसैबीच, प्रहरीले सोमबार मालपोत कार्यालय, झापाका दुई कर्मचारीलाई समेत घटनाको बारेमा बुझ्न नियन्त्रणमा लिएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । अनलाईन खबर

सम्बन्धित समाचार