अर्यालले मध्यरातमै लगाए आईजीपीको फुली



२९ चैत, काठमाडौं । नेपाल प्रहरीका नववियुक्त प्रहरी महानरीक्षक (आईजीपी) प्रकाश अर्यालले मध्यरातमा नै फुली लगाएका छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा प्रहरी प्रमुख अर्याललाई गृहसचिवले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

तर, कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको थियो । लामो समयसम्म गेटमा कुराइएका फोटो पत्रकारहरुलाई अर्यालले फुली लगाइसकेपछि मात्र तस्वीर खिच्न दिइएको थियो ।

यसअघि सरकारले सोमबार अबेर डीआईजी अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । अनलाईन खबर

सम्बन्धित समाचार