दुनियाको घर बनाउने धुर्मुस-सुन्तलिको आफ्नो घर चाही यस्तो ? (भिडियो सहित)



झापा । कलाकार सिताराम कट्टेल धुर्मुश र कुञ्जना घिमिरे सुन्तली यतिबेला निक्कै चर्चामा छन् । भूकम्प पीडितलाई घर बनाएर सिन्धुपाल्चोकको गिरानचौरबाट समाजसेवा थालेका उहनीहरुले भर्खरैमात्र महोत्तरीको बर्दिबासमा एकीकृत नमूना मुसहर बस्ती निर्माण सम्पन्न गरि सो समुदायलाई हस्तान्तरण गरेका छन् ।

मेरी बास्सै नामक हाँस्य टेलिचलचित्रबाट चर्चित बनेको धुर्मुश सुन्तलीको जोडीलाई आफ्नो घर पनि पक्की बनाउन मन नै नभएको कहा हो र रु तर उनीहरु भन्छन्, पहिला अरुलाई सहयोग गर्छौ, अनि अरुको आशिर्बादपछि मात्र घर बनाउछौ । भूकम्पपछिको पुनर्निर्माणमा सरकारले देखाएको उदासिनता र पुनर्निर्माणमा भईरहेको ढिलाईप्रति धुर्मुश र सुन्तली निक्कै चिन्तित र भावुक बने । झापा गौरादह घर भएका धुर्मुशको परोपकारी कामले गौरादहवासीपनि निक्कै खुसी देखिन्छन् ।

मै खाउ मै लाउ सुखसयल मै गरु भन्ने भावको अन्त्य नभएसम्म सामाजिक कार्यकर्ता बन्न नसक्ने बताउने धुर्मुश सुन्तलीको जोडीको परोपकारी कामबाट राज्यले पनि पाठ सिक्नुपर्ने गौरादहवासीको सुझाव छ । हिमशिखर टेलिभिजन

भिडियो हेरौँ ।

https://www.youtube.com/watch?v=HG-0bJDkIo0

सम्बन्धित समाचार