पहिलो चरणको मतदान सकिए लगत्तै मतगणना हुने



११ बैशाख, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै मतगणना हुने भएको छ । दुई चरणको निर्वाचन एक महिनाको अन्तरमा हुँदैछ । यससँगै बैशाख ३१ मा मतदान हुने तीन प्रदेशको मतगणना कहिले गर्ने भन्ने प्रश्न उठेको थियो ।

मतगणना नगरी राख्दा मतपेटिकाको सुरक्षामा समस्या आउँछ । तत्काल गणना नगर्दा आयोगका साथै सुरक्षा निकाय र उम्मेदवारका प्रतिनिधिले रुँघेर बस्नु पर्ने हुन्छ । गणना गर्दा पहिलो चरणको परिणामले दोस्रो चरणको चुनावलाई प्रभावित पार्ने सम्भावना हुने भन्दै के गर्ने भन्ने प्रश्न उठेको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको मतदान भए लगतै गणना सुरु हुने बताए ।

सम्बन्धित समाचार