श्रीमानद्वारा श्रीमतीको वीभत्स हत्या



सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका अमर बहादुर आलेमगरले पत्नीको वीभत्स हत्या गरेका छन् ।

हत्यापछि आलेले पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर हिडिरहेको स्थानियले बताएका छन् । भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

३० वर्षीया मिना आलेमगरलाई आलेले खुकुरी प्रहार गरी घाँटी काटेर हत्या गरेको प्रहरीले जनाएको छ । टाउको पलास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट प्रहरीले आलेलाई पक्राउ गरेको हो ।

आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

सम्बन्धित समाचार