भोट हाल्ने परिचयपत्र छैन ? धनीपूर्जा भए पनि बोक्नोस्



३१ बैशाख, काठमाडौं । के तपाई आइतबार बिहानै नजिकैको मतदान केन्द्रमा भोट हाल्न जाँदै हुनुहुन्छ रु तपाईका साथमा आफ्नो परिचय खुल्ने सरकारी कागजपत्र जरुरी पर्नेछ । नत्र तपाईले मतदानस्थलबाट रित्तै फर्कनुपर्ने हुन सक्छ ।

पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । यसक्रममा मतदाता परिचयपत्र जरुरी पर्ने निर्वाचन आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र नभए के गर्ने नि ?

तपाईसँग मतदाता परिचयपत्र छैन भने के गर्ने रु अर्थात् मतदाता परिचयपत्र बिग्रियो वा हरायो भने के गर्ने रु आयोगले दिएको मतदाता परिचयपत्रमै त्रुटी फेला पर्‍यो भने मतदान गर्न पाइन्छ कि पाइँदैन रु यसमा नआत्तिनोस् । मतदान गर्ने अधिकारका लागि निर्वाचन आयोगले अरु विकल्पसमेत दिएको छ ।

निर्वाचन आयोगका अनुसार ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । स्थानीय चुनावका लागि फोटो र क्यूआर कोडसहितको मतदाता परिचयपत्रको व्यवस्था गरेको थियो । तर, मतदानको अघिल्लो साँझसम्म पनि थुप्रै मतदाताले परिचय पत्र पाएका छैनन् ।

वितरण गरिएको मतदाता परिचयपत्रमा त्रुटी भेटिएपछि आयोगले मतदाताहरु आफ्नो अधिकारबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्था गरेको छ ।

के केका आधार भोट हाल्न पाइन्छ ?

निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार सरकारी निकायबाट जारी फोटोसहितको अन्य परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिनेछ ।
आयोगका अनुसार मतदाता परिचयपत्र नभएको अवस्थामा यी कागजका आधारमा मतदान गर्न सकिने छः

१. नागरिकता परिचयपत्र
२. ०७० सालको मतदाता परिचयपत्र
३. राहदानी ९पासपोर्ट०
४. सवारीचालक अनुमतिपत्र
५. जग्गाधनी प्रमाणपत्र
६. सरकारी निकायबाट जारी भएको अन्य कुनै फोटोसहितको परिचयपत्र (जस्तै निजामति कर्मचारीको परिचयपत्र, सूचना विभागको प्रेस पास आदि)

निर्वाचन आयोगका अनुसार माथि उल्लेखित ६ मध्ये कुनै एउटा कागज प्रमाण देखाएर भोट हाल्न पाइनेछ । तर, यसका लागि जुन मतदान केन्द्रमा मतदान गर्ने हो, सोही ठाउँको मतदाता नामावलीमा नाम हुनैपर्छ ।

मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिकाको दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

आयोगका अनुसार पहिलो चरणको चुनाव हुने स्थानमा कुल मतदाता ४९ लाख ५६ हजार ९२५ छन् । यो चुनावले १३ हजार ५५६ स्थानीय जनप्रतिनिधि चुन्नेछ ।

सम्बन्धित समाचार