बाह्रविसे बजार (फोटो फिचर)



संखुवासभा । बाह्रविसे बजारलाई स्थानीय तह पुर्नसंरचन गर्ने क्रममा सभापोखरी गाउँ पालिकाको केन्द्रको रुपमा कायम गरिएको भएको छ । सभा र लंखुवाखोलाको किनारमा अवस्थीत यो बजार संखुवासभाको एक महत्वपुर्ण ब्यापारिक केन्द्र हो । यस क्षेत्रमा असला माछा प्रख्यात छ ।

यस बजारबाट विशेष गरि अलैँची लगायतका जडिबुटीहरु निर्यात गरिन्छ भने यहि बजारबाट स्थानीयले दैनिक उपभोग्य सामग्रीहरु लिने गर्दछन् । यस बजारमा सोमबार साप्ताहिक हाट लाग्ने गर्छ । यस बजारसम्म कच्ची सडक सञ्जाल जोडेकोले यातायात सहज भएपनि बर्षातको समयमा हिलाम्मे हुनेहुँदा आवतजावतमा समस्या पर्छ ।

त्यहि बजार नजिकैबाट बग्ने सभाखोलाको उद्गम स्थल सभापोखरीको नामबाट गाउँपालिकाको नाम राखिएको हो । हेरौँ बाह्रविसे क्षेत्रका केहि तस्विरहरुः
तस्बिरहरुः गंगा विष्ट

सम्बन्धित समाचार