यमुनाले ल्याईन् दोहोरी गीत ‘लेकमा चौरी गाई’ (भिडियो सहित)



सोलुखुम्बु । सञ्चारकर्मी तथा गायिका यमूना मगरले ‘लेकमा चौरी गाई’ बोलको लोक दोहोरी गीत बजारमा ल्याएकी छिन् । सोलुखुम्बुमा अवस्थित सोलु एफ एममा कार्यरत मगरले सागर विरहीको सृजना तथा संगीत संयोजनमा तयार भएको गीत हालै बजारमा ल्याएकी हुन् ।

संगम डिजिटल मार्फत बजारमा ल्याईएको गीतलाई सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, स्थानीय विकास अधिकारी कृष्ण सापकोटा, सर्जक सागर विरही र गायिका यमूना मगरले सामूहिक रुपमा सार्वजनिक गरेका थिए ।

रामजी खाँण र यमूना मगरको स्वर रहेको गीतको भिडियोमा खाँण र माया शेर्पाले अभिनय गरेका छन् । भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियो यहाँ हेरौँ ।

https://www.youtube.com/watch?v=7GE58bETXsE

सम्बन्धित समाचार