खाँदबारी नगरपालिकाको मेयरमा खनालको स्वतन्त्र उमेद्वारी



खाँदबारी नगरपालिकामा मेयरको लागि सञ्चारकर्मी जीवनाथ खनालले स्वातन्त्र उमेद्वारी दिँदै । फोटोः ईमकालु अनलाईन

संखुवासभा, ४ असार- संखुवासभाको खाँदबारी नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट जीवनाथ खनालले उम्मेदवारी दर्ता गराएका छन ।

आईतबार बिहान ८ः३० बजे समर्थक र प्रस्तावकसंगै सबै भन्दा पहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन । ५८ बर्षीय खनाल संचय कोषको जागीरबाट केही महिना अघिमात्रै अवकास पाएका हुन । भने खनाल दुई दशक अघि देखी जिल्ला र केन्द्रिय विभिन्न संचारमाध्यमहरुमा आबद्ध थिए । उनी स्वतन्त्र पत्रकारिताको वकालत गर्दै आएका थिए ।

समाजमा दिनानुदिन फष्टाई रहेको भष्टाचार नियन्त्रण र भष्टचार रहित समाज निर्माणका लागि आफुले उम्मेदवारी दिएको उनले प्रतिक्रिया दिए । स्थानीय तहमा दलीय राजनीतिले सेवा प्रवाह दुषित बनाएको आरोप लगाउर्दै त्यसको विरुद्धमा उनको उम्मेदवारी भएको प्रष्टाए ।

उम्मेरद्वारी दर्ता गर्न काँग्रेसको बृहत र्यालि । फोटोः ईमकालु अनलाईन

मुलुकको ठूलो पार्टी र सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले खाँदबारी नगरपालिकामा ठूलो तामझामका साथै उम्मेदवारी दर्ता गराएका छन । सयौं कार्यकर्ता, उम्मेदवार, समर्थक र प्रस्तावक सहित मुख्य निर्वाचन अधिकृतका कार्यालय पुगेका थिए ।

खाँदबारीमा रहेको पार्टी कार्यालय देखी नयाँ बजार सम्म ¥याली सहित मुख्य निर्वाचन अधिकृतका कार्यालय पुगेका थिए । त्यसैगरि नेकपा एमाले र नेकपा माओबादी केन्द्रले पनि सयौ कार्यकर्ताहरुको ¥यालीसहित उम्मेदवारी दर्ता गराएका छन । साना दलहरु राप्रपा, संधीय समाजबादी पार्टी, परिवार दल लगायतले पनि उम्मेदवारी दर्ता गराएका छन ।

जिल्लाको १० ओटा नै स्थानीय तहहरुमा ठूला दलहरुले तामझामका साथ उम्मेदवारी दर्ता गराए भने साना दलहरुले आफ्नो क्षमता अनुसारका कर्याकर्ताहरु भेला गराएर उम्मेदवार दर्ता गराए ।

संखुवासभा जिल्लामा कुल ९६,६५७ जना मतदाता रहेको छ भने जसमा पुरुष ४८,९४४ र महिला ४७,७१३ रहेकाछन । जिल्लामा १ सय ३ ओटा मतदान केन्द्र तोकीएको छ भने पाँच नगरपालिका र पाँच गाऊँपालिका गरि १० ओटा स्थानीय तह छन ।

सम्बन्धित समाचार