सुडान घोटालामा दोषी ठहरिएका दुई पूर्वप्रहरी प्रमुख जेल चलान



क्रमशः ओमविक्रम राणा र हेमवहादुर गुरुङ

७ असार, काठमाडौं । सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ ।

पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ ।

बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको हो ।

सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

सम्बन्धित समाचार