ताप्लेजुङका १४ जनाको मनोनयन फिर्ता, चार दलित महिला निर्विरोध निर्वाचित



ताप्लेजुङ/ताप्लेजुङमा स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका १४ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । फुङलिङ नगरपालिका वडा ८ का राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा सदस्य उम्मेदवार बेदना गुरुङ र तेजबहादुर सुनुवार तथा वडा ११ का खगेन्द्र भट्टराईले मनोनयन फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै सिरीजंघा गाउँपालिकामा ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

जसमा नेकपा माओवादि केन्द्रवाट वडा नं ५ का वडाध्यक्षका उम्मेदवार जय प्रकाश राई, साथै सोहि वडा वाट खुला वडा सदस्यमा नेपाली काङगे्रश लय कुमार श्रेष्ठ र असल वहादुर राई र सोहि वडाका महिला सदस्य चन्द्र माया राईले पनि उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत अशोकुमार बस्नेतले बताए।

साथै सोहि गाउँपालिकाको वडा नं ७ वाट नेकपा एमालेको तर्फवाट खुला सदस्यका उम्मेदवार देउमाया कामिले समेत उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत राजेन्द्र वेढाथोकिले जानकारी दिए । उता आठराई त्रिवेणि गाउँपालिकाका वडा नं १ का खुला सदस्यका स्वतन्त्र उम्मेदवार चन्द्र वहादुर शेर्पाले समेत उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत इन्द्र गौतमले जानकारी दिए ।

यसैगरि मिक्वा खोला गाउँपालिकामा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसमा वडा नं ३ का राप्रपा का वडा सदस्यका उम्मेदवार मिङ्मा शेर्पाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत चैतन्य निरौलाले जानकारी दिए । यसैविच फक्ताङलुङ गाउँपालिका र सिरिजंघा गाउँपालिकामा दई दुई जनाले उम्मेदावारी फिर्ता लिएका छन् ।

निर्वाचन चिन्ह प्रदान
स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई मंगलबार ताप्लेजुङमा निर्वाचन चिन्ह प्रदान गरिएको छ । ताप्लेजुङको एक मात्र नगरपालिका रहेको फुङलिङ नगरपालिकामा मेयरका लागि दुई स्वतन्त्र उम्मेदवारी परेको थियो ।

मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीका खगेन्द्र पोर्तेल विश्वकर्मालाई क्यामेरा र मङ्गोल नेशनल अर्गनाइजेशनका छविन्द्र गुरुङलाई व्याडमिन्टनको कर्क चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत वस्नेतले जानकारी दिए ।

यसैगरि मिक्वाखोला गाउँपालिकामा दुई स्वतन्त्र उम्मेदवारले पनि चुनाव चिन्ह प्राप्त गरेका छन् । जसमा होम प्रकास लिम्बूले क्यामेरा र महेन्द्र कुमार कटुवालले बाघ चुनाव चिन्ह पाएका छन् । लिम्बू सो गाउँपालिकाका अध्यक्षका उम्मेदवार हुन भने कटुवाल वडा नं २ का खुला वडा सदस्यका उम्मेदवार हुन् ।

उता मैवाखोला गाउँपालिकाका वडा नं ५ का स्वतन्त्र उम्मेदवार राम वहादुर वस्नेतले ठड्याईएको औँला चुनाव चिन्ह प्राप्त गरेको निर्वाचन अधिकृत खडानन्द पराजुलिले जानकारी दिए । यसैविच फक्ताङलुङ र सिरिजंघा गाउँपालिकामा एक एक जनाको उम्मेदवारी वदर भएको छ ।

चार दलित महिला सदस्य निर्विरोध

ताप्लेजुङमा नेपाली कांग्रेसका तीन जना र माओवादी केन्द्रकि एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेमा नेपाली काङग्रेशवाट फक्ताङ्लुङ गाउँपालिका–६ कि दलित महिला सदस्य उमा लाम्गादे र सोहि गाउँपालिका बाटै माओवादि केन्द्रकि दलित महिला सदस्य माल्वीका दर्जि निर्वीरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

साथै मिक्वाखोला गाउँपालिका–३ मा लक्षीमाया विश्वकर्मा र सिरिजंघा गाउँपालिका–८ मा सीतादेवी पुर्कुटी रहेका छन् । उनिहरु नेपाली काङग्रेशवाट उम्मेदवारी दिएका थिए ।

चारओटै वडामा दलित महिला सदस्यमा एकल उम्मेदवारी परेको थियो ।विजयी सुरुआतसँगै ती वडामा दलका कार्यकर्ताले विजयोत्सव मनाउन थालेका छन् । मिक्वाखोला ३ मा विजयी बनेकी लक्षीमाया विश्वकर्मालाई बाजागाजासहितको ¥याली आयोजना गरी वडामा भित्र्याइएको छ ।

सम्बन्धित समाचार