बालगीति एल्बम“पाइला सफलताको” साउने सक्रान्तिमा मैझारो हुने



सङ्खुवासभा । जिल्लाबालक्लब समन्वय समिति (जिल्ला बालक्लब सञ्जाल) सङ्खुवासभाको बालगितीएल्बम् साउने सक्रन्तिको दिन मैझारो हुने भएको छ । बाल गायन प्रतिभा सम्मान तथा बालमैत्री स्थानीय शासन प्रवद्र्धनको लागि बालबालबालिकाकै नेतृत्वमा नेपालमा नै बालक्लबको तर्फबाट पहिलोे प्रस्तुतिको रुपमा बाल गीती सङ्ग्रह निर्माण गरि बजारमा ल्याउने भएको जिल्ला बालक्लब समन्वय समितिका अध्यक्ष खेवाहाङ मेवाहाङले जानकारी दिए । उनका अनुसार बालअधिकार र बालबालिकाको आवाजलाई आमनागरिक र सरोकारवालासम्म पु¥याउन सजिलो माध्यम गीत भएकोले यो गीती एल्बमलाई अगाडी सारिएको हो ।

देश तथा विदेशमा छरिएर रहेका नेपाली तथा गैह्र नेपालीहरुको व्यक्तिगत रुपमा सहयोग रकम सङ्कलनगरि करिब ३ लाख ५० हजारको लगानीमा बाल गिती एल्बम बजारमा आउने भएको हो । सामाजिक सञ्जालको माध्यमबाट सबैसँग सहयोग अपिल गर्दै रकम सङ्कलन गरेको हो । यसै अवधिमा १५०० जना रु. १०० अभियान समेत सञ्चालन भएको थियो । यस अभियानमा मलेसिया, कतार लगायतका देशबाट नेपालीहरुले सहयोग गरेका थिए ।

एल्बममा बाल मैत्री स्थानीय शासन प्रवर्दनका लागि आमनागरिकले खेल्नु पर्ने भुमिका र राष्ट्र भावका गीतहरु समेटीएको छ ।
बालबालिकाको अर्थपुर्ण सहभागीलाई मध्यनजर गरि बालबालिकाकै तर्फबाट यो एल्बम् नेपालमा नै पहिलो पटक आउन लागेको दावि जिल्ला बालक्लब समन्वय समतिले गरेको छ । समितिकाअनुसार हामीले नयाँ काम गर्न चाहान्थ्यौ, अब त्यो नि सफल हुने भएको छ, यसमा हामी अत्न्तै खुसी भएका छौं । तर अर्को तिर स्थानीय निकायहरुले खासै वास्ता नदिएको आरोप समेत लागेको छ । जिल्ला समन्वय समिति तथा नगरपालिकाहरु र गाउँपालिकाहरुले स्थानीय तहको नयाँ पुनःसंरचनाको निहुमा कुनै सहयोग भने गरेको छैन ।

रेकर्डीङ् पश्चात स्टुडियोमा जिल्ला बालक्लब समन्वय समितिका अध्यक्ष खेवाहाङ मेवाहाङ र सुरशाला म्यूजिक एकेडेमी खाँदबारी संगीत शिक्षक तथा संगीतकार सुरेन्द्र महतेसँग फोटो खिचाउँदै कलाकारहरु ।

काठमाण्डौ अनामनगर स्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गितहरुमा खाँदबारी निवासी १२ बर्षिया किञ्जन अधिकारी, खाँदबारी ११ निवासी १३ बर्षिय सुजिता पोख्रेल, बाह्रविसे निवासी ११ बर्षिय उत्तर कुमार तामाङ, मत्स्यपोखरी निवासी १२ बर्षिय नविन शंकर र ताम्कु निवासी १५ बर्षि नवराज कुलुङद्धारा स्वरवद्ध भएका छन् ।

दीपनकुमार श्रेष्ठ, सुजन अधिकारी, मेदिनी घिमिरे, सुरेन्द्र महते, नविन दाहालको शब्द रहेका छन् भने गोपाल सरगम राई, सुरेन्द्र महते, सुरेन्द्र पुलामी, भिषण मुकारुङ लगायतका कलाकारहरुबाट संगीतगरिएको एल्बम श्रावण १ गते साउने सक्रान्तिको दिन जिल्ला सदरमुकाम खाँदबारीमा विमोचन गरिने भएको हो ।

सम्बन्धित समाचार