१८ विधामा चलचित्र संघले अवार्ड वितरण गर्ने, ४४ चलचित्रको सहभागीता



नेपाल चलचित्र संघले आयोजना गर्न लागेको ‘नेम्पा फिल्म अवार्ड २०१७’का लागि १८ वटा विधामा अवार्ड वितरण गरिने भएको छ । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइयो । नेपाल चलचित्र संघले डीएबीएस इन्टरटेन्मेन्ट डलास, अमेरिकासँगको सहयर्कामा अवार्ड गर्न लागेको हो । सेप्टेम्बर २ तारिखका दिन अवार्ड अमेरिकामा अवार्ड आयोजना हुनेछ ।

संघले आयोजना गर्न लागेको अवार्डमा ‘उत्कृष्ट चलचित्र, निर्देशक, नायक, नायिका, सह-नायक, सह-नायिका, नव-नायक, नव-नायिका, खलपात्र, हाँस्य कलाकार, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, लेखक, छायांकार, नृत्य निर्देशन गरि १८ विधा समावेश गरिएको छ ।

यस्तै अवार्डमा एक जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ । अवार्डका लागि गतबर्ष रिलिज भएका ८४ बढी चलचित्रमध्ये ४४ वटाले आवेदन दिएका छन् । जुरीहरुले चलचित्र हेरेपछि उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गर्ने संघका अध्यक्ष प्रदिपकुमार उदयले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार