दोस्रो चरणको मतदान सुरु



१४ असार, काठमाडौं । असारे झरी परिरहेको प्रतिकुल मौसमलाई छिचोल्दै ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान सुरु भएको छ ।

अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । तर, मतदाताहरु मतदान केन्द्रमा बिहानैदेखि भेला भएका छन् ।

निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।

६२ हजार उम्मेदवार चुनावी मैदानमा

आजको चुनावमा प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् ।

निर्वाचनबाट बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् ।

आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।

सम्बन्धित समाचार