राती ११ बजेदेखि खाँदबारी नगरपालिकाको मत गणना



खाँदबारी नगरपालिकाको मत गणना राती ११ बजेबाट सुरुे भएको छ । सम्पन्न सर्बदलिय बैठकबाट यस्तो निर्ण भएको मुख्य निर्वाचान अधिकृत देवेन्द्र पौडेलले जानकारी गराउनुभएको छ ।
उनका अनुसार नगरपालिकाको ११ वटै वडाबाट सबै बुथहरु राती ८ बजे आईसकेपछि तुरुन्त सर्बदलिय बैठक बसीएको हो । जिल्ला समन्वय समितिको कार्यलयमा आज राति दुई ठाउँ मतगणना गरिने भएको छ । भने भालि ३ ठाउँबाट मत गणना हुने भएको हो ।
ईमकालु अनलाईनसँगको टेलिफोन कुराकनीमा निर्वाचन अधिकृतले मत गणना स्थलमा सुरक्षाकर्मी, कर्मचारी राजनैतिक दलका तर्फबाट २÷२ जना प्रतिनिधी र सञ्चारकर्मी मात्र रहने भएको छ । खाँदबारी नगरपालिका सङ्खुवासभाको सबै भन्दा धेरै मतदाता रहेको स्थानीय निकाय हो । खाँदबारी नगरपालिकामा ११ वटा वडामा १५ वटा मतदान स्थलहरु थिए । १८१८२ जना मतदाता रहेकोमा १२२३० मतपत्र खसेका थिए ।


खाँदबारी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रसबाट महेश थपलिया, नेकपा एमालेबाट मुरारी प्रसाद खतिवडा, नेकपा माओवादी केन्द्रबाट बीरबहादुर लिम्बु, राप्रपा भीम कार्की संघीय समाजवादी तथा नयाँ शक्ति पाटी नेपालको संयुक्त गठबन्धनबाट कृष्ण प्रसाद तामाङ, राष्ट्रिय जनमोर्चा पार्टीबाट रमेश राई, नेपाल परिवार दलबाट, काजी बहादुर थापा, राष्ट्रिय जनमोर्चाबाट लिलाबहादुर खत्री, मधेशी जनअधिकार फोरमबाट डम्बर राई रहेको छ भने स्वतन्त्रबाट जीवनाथ खनाल लगायतको उम्मेरद्वारी भएको थियो ।
सङ्खुवासभा जिल्लाको सबै स्थानीय तहको मत गणना भोलि बेलुकासम्ममा सुरु हुने भएको छ । जिल्लाको अन्तिम नतिजा ३ दिन भित्रमा दिईने मुख्य निर्वाचन अधिकृतको अनुमान छ ।

सम्बन्धित समाचार