संखुवासभाको सिलिचोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी



दश स्थानीय तह भएको सङ्खुवासभा जिल्लामा सिलिचोङ गाउँपालिकाबाट नेपाली कांग्रेसले खाता खोलेको छ । भर्खरै मत गणना सम्पन्न भएसँगै एक हजार आठ सय एकाअसी मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी बनेका हुन् ।

उनका निकतम प्रतिद्वन्दी माओवादी केन्द्रका योगेन्द्र (मञ्जिल) कुलुङले एक हजार तीन सय ४७ मत ल्याएका थिए । त्यस्तै, नेकपा एमालेका दुर्गाकिरण राईले एक हजार तीन सय दश मत प्रप्त गरेका छन् ।

पालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै लालकुमारी कुलुङ विजयी बनेका छन् । उनी एक हजार छ सय ९९ मत ल्याएर उपाध्यक्षमा विजेता बनेका हुन् । एक हजार चार सय पाँच मत प्राप्त गरेका माओवादी केन्द्रका देवीकुमारी राई दोश्रो स्थानमा छन् भने नेकपा एमालेका दिलटिका कुलुङले एक हजार दुई सय ९८ मत पाएका छन् ।

कांग्रेसलाई तीन, माओवादीलाई दुई वडा अध्यक्ष

पाँच वटा वडा रहेको सिलिचोङ गाउँपालिका नेपाली कांग्रेसले तीन र माओवादी केन्द्रले दुई वडामा अध्यक्ष पदमा जीत हासिल गरेको छ । नेपाली कांग्रेसको तर्फबाट वडा नं. २ बालामा मोहन शंसेर कुलुङले जीतेका छन् । त्यस्तै, वडा नम्बर तीन ताम्कुमा प्रताप तामाङको प्यानल विजयी बनेका छन् भने वडा नम्बर चार मांतेवामा देबेन्द्र राई अध्यक्ष पदमा विजयी बनेका छन् ।

माओवादी केन्द्रको तर्फबाट वडा नम्बर एक शिसुवाखोलामा अलक्षकुमार कुलुङले अध्यक्ष पदमा विजयी बनेका छन् भने वडा नम्बर ५ याफुमा ईश्वर राई अध्यक्षमा विजेता बनेका छन् ।

 

सम्बन्धित समाचार