८४ स्थानको मत परिणाम सार्वजनिक, एमालेको अग्रता कायमै



असार १७,  स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले अग्रता कायमै राखेको छ । शनिबार बिहान पौने ११ बजेसम्म ८४ स्थानको मत परिणाम सार्वजनिक हुँदा एमाले ३९ स्थानमा विजयी हुँदै पहिलो स्थानमा देखिएको हो । त्यस्तै कांग्रेस २९ स्थानमा जित हात पारेर दोस्रोमा छ भने माओवादी केन्द्र १४ स्थानीय तहमा विजयी भएको छ । राष्ट्रिय जनमोर्चासहित अन्य पार्टीले दुई स्थानमा जितेका छन् । थोरै मतदाता भएका गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । सार्वजनिक मतपरिणाममध्ये अधिकांश गाउँपालिकाको हो ।

सम्बन्धित समाचार