संखुवासभाको सभापोखरी गाउँपालिकामा पनि एमाले विजयी



सङ्खुवासभा, असार १७ गते । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पनि नेकपा एमालेले जितेको छ । पालिकाको अध्यक्षमा नेकपा एमालेका रत्न सुब्बा दुई हजार ६० मत सहित विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका भिम लिङ्खाले दुई हजार तीन मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरि, उपाध्यक्षमा पनि एमालेका उमेद्वारी सीता दाहाल विजेता बन्नुभएको छ । उहाँले दुई हजार एक सय ५० मत प्राप्त गर्नुभएको छ भने उहाँको निकट्तम प्रतिद्वन्दी राधा गौतमले एक हजार नौ सय ३४ मत प्राप्त गर्नुभएको छ ।

अहिलेसम्म सङ्खुवासभामा चार गाउँपालिका र एक नगरपालिकाको अन्तिम नतिजा आईसकेको छ । जस्मध्ये अध्यक्ष पदमा नेपाली कांग्रेसले तीन गाउँपालिकामा विजय प्राप्त गरेको छ । शिलिचोङ, चिचिला र भोटखोला गाउँपालिकामा विजयी भएका हुन् भने नेकपा एमालले मादी नगरपालिका र सभापोखरी गाउँपालिमा नेकपा एमाले विजेता बनेको छ ।

सम्बन्धित समाचार