खाँदबारी नगरपालिकामा कस्ले वाजी मार्ला ? फैसला दुई वटा वडाले गर्दै



खाँदबारी नगरपालिकामा नेपाली कांग्रेसका महेश थपलिया र नेकपा एमालेको मुरारी खतिवडा अनि उपमेयर तर्फ कांग्रेसकी निर्मला तामाङ्ग (बस्नेत) र एमालेकी डेगेश्वरी श्रेष्ठ ।

पूर्वी पहाडी जिल्ला संखुवासभाको चर्चामा रहेको सदरमुकाम स्थित खाँदबारी नगरपालिकामा नेपाली कांग्रेसका महेश थपलिया र नेकपा (एमाले)को मुरारी खतिवडाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

जिल्लाकै पुरानो नगरपालिका र पहुँचको नगरपालिका भएकाले सबैको चासो विषय बनेको हो । ०५४ सालको स्थानीय निर्वाचनमा एमालेले विजयी भएको थियो । भने यहाँ जिल्लाभरमा सबै भन्दा बढि १८ हजार १ सय ७९ मतदाता रहेको छन् । ११ ओटा वडा रहेको यस खाँदबारी नगरपालिका भित्र १२ हजार २ सय ३० मत खसेको थियो ।

अहिले सम्म ९ ओटा वडाहरुको मतगणना सकिसकेको अवस्था छ । त्यसमा ४ ओटा वडामा कांग्रेस र ५ ओटा वडामा एमालेले विजयी भइसकेको छ । अहिले वडा नं. १ र ९ को मतगणना भइरहेको छ । सबै वडाहरु गनेर अन्तिममा वडा नं. १ र ९ को मतगणना गर्न दुई दल सहमत भएको हो । वडा नं. १ कांग्रेसको बाहुल्यता रहेको क्षेत्र मानिदै आएको छ । जुन वडामा १ हजार ८ सय २३ मतदाता रहेकोमा १ हजार २ सय ३६ मत खसेको थियो । भने वडा नं. ९ एमालेको पकड क्षेत्र मानिन्छ । त्यहाँ २ हजार ६ हजार ५७ मतदाता रहेकोमा २ हजार ३० मत खसेको थियो ।

अहिले सम्म कांग्रेसको मेयरका उम्मेदवार थपलिया तीन हजार ८ सय र एमालेका खतिवडाको तीन हजार ९ सय ४० मत रहेको छ । कांग्रेस भन्दा एमाले १ सय ४० मतअन्तरले अगाडी रहेका छ । भने उपमेयरमा कांग्रेसकी निर्मला तामाङ्ग (बस्नेत) तीन हजार ८ सय १३ मत र एमालेकी डेगेश्वरी श्रेष्ठको तीन हजार ८ सय ९२ मत रहेको छ । कांग्रेस भन्दा एमाले ७९ मतले अगाडी छ । अब वडा नं. १ र ९ ले खाँदबारी नगरपालिकाको मेयर सुनिश्चित गर्नेछ । त्यस्तै, २,३ र ६ नम्बर वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने, ४ र ५ नम्बर वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्

सम्बन्धित समाचार