उपचार अभावमा छटपटाउँदै संखुवासभाका भुजेल



फोटो साभारः पुर्वेली न्यूज डटकम ।

संखुवासभा । अभाव र गरिबीका कारण मानिसहरुलाई कति सम्म पिडा हुँदो रहेछ भन्ने उदाहरण हुन संखुवासभा जिल्लाको मादी नगरपालिका ६ का गणेश बहादुर भुजेल । शुरुमा भुजेलको ओठमा सानो टीका जस्तो घाऊ निस्कियो ।

३ महिना अघि सुरु भएको सो घाऊ फैलिदै यतिबेला पुुरै मुख नै बाङगो भइसकेको छ । क्यान्सरको आशंका गरि भरतपुर क्यान्सर अस्पताल जाँदा उनलाई यही साल साउन ३२ गतेको अप्रेसनको डेट समेत दिईएको छ ।

आर्थिक अभावका कारण उनको उपचार संभव नभएको र अस्पताल सम्म जाने अबस्था समेत नभएको भन्दै उनको परिवारले सहयोगका लागी मनकारीहरु सँग अपिल समेत गरेको छ । आफु अत्यन्तै बिपन्न भएका कारण उपचार सम्भव नभएको र आफु बाँच्न चाहेको उनले बताएका छन । भुजेल लाई सहयोग गर्न चहान इच्छुहरुले ९८०५३६८४५३मा सम्पर्क गरी सहयोग गर्न सक्नेछन ।

पुर्वेली न्यूज डट कमबाट

सम्बन्धित समाचार