प्रहरीमा ३० वर्षे नहटाउन चर्को लबिङ



१८ साउन, काठमाडौं । संघीय प्रहरीको अवधारणामा नेपाल प्रहरीका अधिकृतहरुको मत बाझिएको छ । गृहमन्त्री जनार्दन शर्माले डीआईजी र एसएसपी तथा एसपीहरुबीच सुझाव लिने क्रममा उनीहरुको मत बाझिएको हो ।

प्रहरी ऐन संशोधन र प्रहरी सेवा अवधिमा उनीहरुको मत बाझिएको हो । गृहमन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारिसकेको अवस्थामा गृहमन्त्री शर्माले प्रहरी अधिकृतहरुको राय सुझाव माग्दा प्रहरीको सेवा अवधि ३० वर्षे बनाउने कि नबनाउने भन्ने विषयमा मत बाझिएको थियो ।

डीआईजीहरुले प्रहरी सेवा अवधि ३० वर्षबाट हटाएर ३२ वर्ष बनाउनु पर्ने सुझाव दिएका थिए भने एसएसपी र एसपीहरुले भने ३० वर्षे अवधि नहटाउन सुझाव दिएका थिए, आजको राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित समाचार