घनिष्ठ साथी नै ‘अपहरणकारी’



विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन् । १४ वर्ष भयो दुवैको घनिष्ठ मित्रताको । काठमाडौंको शान्ति शिक्षा माध्यमिक विलालयमा उनीहरु सँगै पढे । चौधरी हार्डवेयरको ब्यापारमा लागे भने विश्वकर्मा मार्बलसम्बन्धी काम गर्न थाले ।

रामेछापका विश्वकर्मा ललितपुर, थसिखेल बस्थे । बुटवलका चौधरी काठमाडौं नयाँ बजार बस्थे । गत बिहिबारको घटनापछि दुबैको मित्रता टुंगिएको छ । एक अर्काबीच चौधरी पीडित भएका छन् विश्वकर्मा पीडक । यो खबर केपी ढुंगानाले आजको नागरिकमा लेखेका छन् ।

‘हामी दुबैको सम्बन्ध राम्रो थियो, मलाई पर्दा उसले र उसलाई पर्दा मैले सहयोग गर्थ्यौ,’ विश्वकर्माको सम्बन्ध खुलाउँदै चौधरीले भने,‘सातामा दुई दिन सधैंजसो मेरो डेरामा आइरहन्थ्ये उनी ।’

गत बिहिबार विजयका ५ वर्षीय छोरा अपहरणमा परे । प्रहरीको दबाबका कारण पाँच दिनपछि विशाल सकुशल मुक्त भए । विजयको घरमा खुसी फर्कियो। तर पनि उनको मन अमिल्लिएको छ । किनकी आफ्ना छोराको अपहरण योजनामा उनै बालसखा विश्वकर्मा संलग्न भएको खुल्यो ।

सम्बन्धित समाचार