उद्योग बाणिज्य संघ संखुवासभाको निर्वाचन जारी (भिडियो सहित)




सङ्खुवासभा, साउन २३ गते । बिहान ९ बजेदेखि सुरु भएको उद्योग बाणिज्य संघ सङ्खुवासभाको मतदान जारी छ । यो समाचार तयार पार्दासम्म १ हजार ७ सय ७८ मध्ये ८ सय ५३ मत खसेका छ ।

बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिएपनि मत पत्रको विषयमा बिवाद भएपछि दुई घण्टा ढिलो मतदान सुरु भएको थियो । बाह्रविसे, नुम, सेदुवा, सित्तलपाटी, तुम्लिङटार, चैनपुर लगायतका बजारहरुबाट मतदाताहरु सहभागि भएका छन् । मतदाताहरुको उल्लेख्य उपस्थितीले दिउसोको घाममा लामो समय लाईनमा बस्नु परेको मतदाताहरुले बताएका छन् ।

अपेक्षा भन्दा बढि मतदाता आएको र ढिलो मतदान सुरु भएकोले मत हाल्ने ब्लक थपिएको निर्वाचन समितिले जनाएको छ । विहान ३ ठाउँ मत हाल्ने ब्लक बनाईएकोमा पछि पाँच ठाउँ थपेर जम्मा ८ ब्लकमा मतदान भईरहेको छ । बेलुका पाँच बजेसम्म मतदान समय तोकिएपनि उपस्थित मतदाताहरुको मतदान नसकिएपछि साँझ अबेरसम्म पनि मतदान भईरहने निर्वाचन अधिकारी श्याम शुन्दर उदासले जानकारी दिनुभयो ।

हेरौँ मतदानका भिडियोः

सम्बन्धित समाचार