‘टाढा भए पनि’ को शब्द भिडियो सार्वजनिक (भिडियो सहित)



सङ्खुवासभा, भदौ १९ गते । गायक भविन ढुङ्गाना र मेलिना राईको स्वरमा रहेको गीत टाढा भए पनिको शब्द भिडियो सार्वजनिक गरिएको छ । दीपनकुमार श्रेष्ठको शब्द रहेको सो गीतको शब्द भिडियो गायक भविन ढुङ्गानाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गोपाल रसाईलीले एरेञ्ज गरेको सो गीतमा गायक ढुङ्गानाले संगीत भरेका हुन् । यस गीतको गायीका राई अहिलेको चर्चित तथा ब्यस्त गायिका हुन् भने ढुङ्गाना नेपाली ताराको उत्कृष्ठ पाँचबाट बाहिएपछि भारतबाट संगीतमा डिग्री गरेर नेपाल फर्केका गायक हुन् । गितकार श्रेष्ठ भने नेपाली कांग्रेस सङ्खुवासभाका सभापति हुन् । सो गीतको म्युजिक भिडियो समेत चाँडै निर्माण गरिने बताईएको छ ।

हेरौँ सो गीतको शब्द भिडियोः

सम्बन्धित समाचार