७४ सिटको भागबण्डाः एमाले ४१, माओवादी ३३



कात्तिक ३, काठमाडौं ।
वाम एकता भन्दै मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभामा चुनावी तालमेलको निर्णय गरेका एमाले र माओवादी केन्द्रले प्रदेश सभाका लागि ३२ जिल्लाका ७४ सिटको बाँडफाँड टुंगो लगाएका छन् । बाँडफाँडमा सहमति भए अनुसार मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनावका लागि ३२ जिल्लाका ७४ सिटमध्ये एमालेले ४१ र माओवादीले ३३ सिट पाएका छन्।
प्रतिनिधिसभाको सिट बाँडफाँडमा सबै जिल्लामा प्रतिनिधित्व हुनेगरी गरिएको छ । वाम एकताको पहलमा जुटेका एमाले र माओवादी मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका साथ चुनावी मैदानमा जाने चर्चा अब निश्चित भएको छ । दुई दलले बनाएको कार्यदलले मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनका लागि प्रदेशसभाको सिट बाँडफाँड टुंगो लगाएको हो ।
एमालेले प्रदेश सभामा
ताप्लेजुङ (क) , पाँचथर (क) , संखुवासभा (ख), भोजपुर (क) र (ख), सोलुखुम्बु (क) र (ख), ओखलढुंगा (क) , खोटाङ (क) , दोलखा (ख), रामेछाप (क) र (ख) रसुवा (क) , सिन्धुपाल्चोक–१ (ख) र सिन्धुपाल्चोक–२ (ख) , नुवाकोट–२ (क), लम्जुङ (क) र (ख), धादिङ–१ (क), धादिङ–२ (क) , मनाङ (क) र (ख), म्याग्दी (ख), गोरखा–१ (ख) बाग्लुङ–१ (ख), बाग्लुङ–२ (ख), डोल्पा (क) , जुम्ला (ख), कालिकोट (क), जाजरकोट (क) र (ख) बझाङ (क) , बाजुरा (क) र (ख), बैतडी (ख) र दार्चुला (क) पनि एमालेको भागमा परेको छ।
माओवादी केन्द्र
ताप्लेजुङ (ख), पाँचथर (ख), संखुवासभा (क) , ओखलढुंगा (ख), खोटाङ (ख), दोलखा (ख), रसुवा (ख), सिन्धुपाल्चोक– १ (क) , २ (क), नुवाकोट–१ (क) , धादिङ–१ (ख), गोरखा–१ (क) , गोरखा–२ (क) र (ख), बाग्लुङ–१ (ख), बाग्लुङ–२ (ख), म्याग्दी (क) र रोल्पा (क) र (ख) लिएको छ । यस्तै, रुकुम पूर्व (क) र (ख), जुम्ला (क) , कालिकोट (ख) हुम्ला (क) र (ख), रुकुम पश्चिम (क) र (ख), डोल्पा (ख), बझाङ ९(ख), बैतडी (क) र दार्चुला (ख) पनि माओवादी केन्द्रको भागमा परेको छ।

सम्बन्धित समाचार