सङ्खुवासभामा तीन जनाको उम्मेदवारी फिर्ता



सङ्खुवासभा, कात्तिक ८ गते । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सङ्खुवासभा बाट तीन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभाका उम्मेदवार बालकुमार राई, प्रदेशसभा उम्मेदवार जीवनकुमार राई र मुक्तिसिं राईले आज उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिनुभयो ।

जीवनले क्षेत्र नं. २ (ख) र मुक्तिसिंले क्षेत्र नं. १ (क) बाट उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसबाट वागी उठेका तिनै जनालाई जिल्ला पार्टी लामो सकस पछि उम्मेदवारी फिर्ता गराईएको जिल्ला सभापति दिपनकुमार श्रेष्ठले बताउनुभयो । उता एमाले बाट वागी उठेका डा. गुप्तबहादुर क्षेष्ठले उम्मेदवारी फिर्ता गराउने एमाले करत असफल भएको छ ।

जिल्लामा प्रतिनिधिसभामा १ स्वतन्त्र, १० दल र प्रदेशसभामा आठ/आठ दलले उम्मेदवारी दर्ता गराएका थिए । जिल्लामा १८ दल दर्ता भए पनि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको (बाम गठबन्धन), एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी), संघीय समाजबादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गानाईजेशन पाटी, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति, ग्रीन पार्टी र राष्ट्रिय जनता पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् । दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा १ लाख ५ हजार ८५ मतदाता रहेका छन् । त्यसैगरी १ सय ३ मतदान स्थल र १ सय ५३ मतदान केन्द्र रहेको छ ।

 

सम्बन्धित समाचार